स्वास्थ्य

घरमै कसरी बनाउने तन्दुरी चिकेन? जान्नुहोस् तरिका

घरमै कसरी बनाउने तन्दुरी चिकेन? जान्नुहोस् तरिका

उग्रसेन रायमाझी, सेफ । हिजोआज मानिसहरू दिनहुँ रेस्टुरेन्ट धाउने गर्छन् । खानामा फरक स्वाद खोज्न, परिवार र साथीभाइबीच क्वालिटी टाइम बिताउन र समयको बचत गर्न अधिकांशको रोजाइमा रेस्टुरेन्ट पर्छ । यस्ता रेस्टुरेन्टमा मौलिक खाना या बाहिरबाट प्रचलनमा आएका विभिन्न रेसिपीका फरक स्वादको मज्जा लिन सकिन्छ । जसमध्ये ननभेज पारखीका लागि तन्दुरी चिकेन पनि एक हो । 

तन्दुरी चिकेन नेपालमा छोटो समयमै लोकप्रिय बनिसकेको छ ।  यसको इतिहास भारतको पन्जाबसँग जोडिएको पाइन्छ । मुगल साम्राज्यको समयमा तन्दुरी चिकेनलाई त्यहाँको मुख्य परिकारको रूपमा लिइने गरिन्थ्यो ।

सन् १९४७ तिर दक्षिणी पन्जाब दिल्लीसँग जोडिन आएपछि लगभग इन्डियाभर नै यसलाई मुख्य परिकारका रूपमा खान थालियो । अहिले दक्षिण एसियाभरि नै तन्दुरी चिकेन अधिकांशले प्रयोगमा ल्याउने खान्की भएको छ । 

बनाउने विधि
तन्दुरी चिकेन खानका लागि रेस्टुरेन्ट नै पुग्नुपर्छ भन्ने छैन । यसलाई चाहिने आवश्यक सामान तयार गरेर घरमै पनि बनाउन सकिन्छ । 

सामग्री
चिकेन लेग पिस (एकजनालाई करिब ८ सय ग्राम) , सादा दही, सुन्तला, रेड कलर दुई चम्चा, नुन र पेपर, लेमन जुस, चाट मसला, बिरेनुन, अदुवा र लसुनको पेस्ट, धनियाँको पाउडर, खुर्सानीको पाउडर, जिराको पाउडर । 

विधि
चिकेन लेगलाई दुई पिसमा काटेर अदुवा र लसुनको पेस्ट, कागतीको रस आदि सबै मसाला राखी मेरिनेट गरी कम्तीमा ४५ मिनेट छाडिदिने । जुन समयमा चिकेनमा मसला राम्ररी छिर्न पाउँछ । 

त्यसपछि चिकेन तन्दुरी बनाउँदा ओभनमा राखेर पकाउने । जसमा करिबा ३ सय डिग्रीको तापक्रममा करिब २० देखि २५ मिनेट राख्ने । यदि ढावामा रहेको ओभनमा पकाउने हो भने करिब ५ देखि ७ मिनेटमा तयार हुन्छ । 

तन्दुरी चिकेन पुदिनाको अचारसँग खान सकिन्छ । याे जानकारी नयाँ पत्रिका दैनिकबाट लिइएकाे हाे ।

तन्दुरी चिकेन

विशेष