वरिष्ठ चलचित्र निर्देशक रानाको निधन
काठमाडौँ । वरिष्ठ चलचित्र निर्देशक किशोर रानाको बुधबार दिउँसो निधन भएको छ । ६४ वर्षीय रानाको उपचारका क्रममा ललितपुरको पुल्चोकमा रहेको निदान अस्पतालमा निधन भएको हो । लामो समयदेखि मधुमेहले ग्रस्त रानाको गएको वर्ष मात्रै मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
चलिचत्र ‘कर्जा’ बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरका किशोरले ‘राँको’, ‘सीमारेखा’, ‘सन्तानको माया’, ‘मिस्टर मंगले’ ‘घुम्टो’ जस्ता सफल चलचित्र निर्देशन गर्नु भएको छ ।
बलिउडमा समेत सहायक निर्देशकका रुपमा काम गरेका किशोरले ‘कब होइ मिलनवा हमार’सहितका केही भोजपुरी चलचित्र समेत निर्देशन गर्नु भएको छ ।
उहाँ राष्ट्रिय चलचित्र पुरस्कार २०७४ मा दीर्घ साधना सम्मानबाट सम्मानित हुनु भएको थियो ।