न्यूयोर्कको स्ट्रिट फेस्टिबलमा 'भिजिट नेपाल-२०२०'को प्रचारप्रसार
काठमाडौं : अमेरिकाको न्यूयोर्कमा आयोजित ब्लक पार्टी, स्ट्रिट फेस्टिवलमा नेपाल भ्रमण वर्षको प्रचारप्रसार गरिएको छ ।
क्विन्स नेप्लिज लायन्स क्लबले फेस्टिबलमा स्टल नै राखेर भिजिट नेपाल-२०२० बारे प्रचार गरेको हो । कार्यक्रममा नेपालको परिचयका साथै भ्रमण वर्ष बारे पर्चा, पम्प्लेट र पुस्तिकासमेत बाँडिएको क्वीन्स नेप्लिज लायन्सका अध्यक्ष पुरुषोत्तम पन्थीले जानकारी दिए ।
प्रचार सामग्रीमा विश्व सम्पदा सूचिमा सुचिकृत नेपालका स्थान, ट्रेकिङ, साहसिक खेल, राष्ट्रिय निकुञ्ज, बुद्ध जन्मस्थल लुम्बिनी, सर्वोच्च शिखर सगरमाथा, विभिन्न ताल, मुक्तिनाथ लगायतबारे जानकारी राखिएको थियो ।
कार्यक्रममा क्लवका अध्यक्ष पन्थीले सिनेटर रामोस र उनको टिमलाई नेपाल भ्रमण वर्षबारे जानकारी गराउदै सहयोगका लागि आग्रहसमेत गरेका थिए । न्यूयोर्क सबैभन्दा धेरै आप्रवासिको बसोबास रहेको ठाउँ हो ।
भिजिट नेपाल २०२०