खेल

ग्लोबल टि–२० लिगः सोमपालआवद्ध पिनिपेग अफ्रिदिको टिमसँग पराजित

ग्लोबल टि–२० लिगः सोमपालआवद्ध पिनिपेग अफ्रिदिको टिमसँग पराजित

काठमाडौं । क्यानडामा जारी ग्लोबल टि–२० लिगअन्तर्गत ब्रम्पटन उल्भ्सविरुद्ध नेपाली क्रिकेटर सोमपाल कामीआवद्ध विनिपेग हक्स ७ विकेटले पराजित भएको छ । बिहीबार राति विनिपेगले दिएको ११७ रनको सामान्य लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको ब्रम्पटनले १४.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । उसका लागि कोलिन मुनरोले नटआउट ५३, लेन्डल सिमिन्सले २२ र बाबर हायातले नट आउट ३७ रन बनाए ।

 

बलिङमा विनिपेगका मोहम्मद इरफानले २ र बरुण शेदेवले एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङको मौका पाएको साेमपालआवद्ध विनिपेगले १८.५ ओभरमा अल आउट भएर ११६ रन मात्र बनाउन सक्यो । उसका लागि साइमान अनवारले सर्बाधिक ३१, कलीमा सानाले नटआउट २७ र सन्नी सोहलले १६ रन बनाए ।

 

बलिङमा ब्रम्पटनका जाहूर खान, शाहिद अफ्रिदि, इश सोधी, रोहन मुस्तफाले २–२ र सीसिल प्रिभेजले एक विकेट लिए । अघिल्ला तीन खेल गुमाएका नेपाली क्रिकेटर सोमपाल कामीले चौथो खेलमा पनि प्लेइङ ११ मा मौका पाउन सकेनन् ।

ग्लोबल टि–२० लिग सोमपाल कामी म्पटन उल्भ्स भर्सेस विनिपेग हक्स

विशेष