Technology समाज

आइटी पढ्न चाहने विद्यार्थीका लागि पास्कल कलेजले निःशुल्क परामर्श दिने 

आइटी पढ्न चाहने विद्यार्थीका लागि पास्कल कलेजले निःशुल्क परामर्श दिने 

काठमाडौं : स्नातक तहमा नयाँ भर्ना प्रकिया सुरु भएसँगै लाखौं युवकयुवती अब कुन क्षेत्रमा जाने भनेर चिन्तित छन् । विशेषतः व्यवस्थापन, मानविकीलगायतका संकायतिर जाने जमात ठूलो देखिन्छ भने केही मेडिकल क्षेत्रमा प्रवेशको लागि संघर्षरत छन् ।

तर पनि पछिल्लो वर्षमा सूचना प्रविधि (आइटी) शिक्षाको अध्ययनका निम्ति इन्जिनियरिङ र अन्य प्राविधिक डिग्रीमा भर्ना हुनेको संख्या बढेको छ । विश्व नै प्राविधिमय हुँदै गइरहेको परिप्रेक्ष्यमा नेपाल, नेपाली शिक्षा र नेपाली विद्यार्थी पनि त्यसबाट अछुतो रहन सक्दैनन् । त्यसैले नेपालमा पनि सूचना प्रविधि शिक्षाप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको पाइन्छ । यद्यपि यसबारेमा सहि जानकारी तथा सूचना नहुँदा विद्यार्थीमा कुन विषय लिँदा राम्रो हुन्छ भन्नेमा अन्योलता देखिन्छ।

आइटी शिक्षामा आफ्नो भविष्य खोजिरहेका र यसबारे केही अन्यलतामा रहेका विद्यार्थीलाई मध्यनजर गर्दै पास्कल नेसनल कलेजले एक दिने निःशुल्क परामर्श दिने भएको छ । ललितपुरको सातदोबाटोमा अवस्थित पास्कल कलेजले आउँदो शनिबार अर्थात् भदौ ७ गते निःशुल्क परामर्शको कार्यक्रम आयोजना गर्न लागेको हो ।



विश्वमा नै दक्ष जनशक्तिको अभाव साथै नवीन सोच र दक्ष जनशक्तिका लागि अथाह सम्भावना रहेकोले यसप्रति विद्यार्थीको आकर्षण बढिरहेको अवस्थालाई मध्यनजर गर्दै कलेजले आइटी शिक्षाबारे जानकारी दिन लागेको हो । नेपालमा पनि पढाइपछिको राम्रो सम्भावना, बढ्दो प्रविधिको प्रयोग, विद्यार्थीको व्यक्तिगत रुचि, अन्य विज्ञान र मेडिकलको विषयहरूको तुलनामा पढाई र खर्च आदिमा पनि सुलभ भएकोले पनि यसप्रति विद्यार्थीको आकर्षण बढिरहेको छ ।

विशेषगरी प्लस टु सकेका र आइटी क्षेत्रमा आफ्नो भविष्य देखेका विद्यार्थीका लागि यो परामर्श बढी उपयोगी कलेजले विश्वास लिएको छ । आइटीका विद्यार्थीको पछिल्लो समय बिसिए (ब्याचलर इन कम्प्युटर एप्लिकेसन)मा देखिएको छ । यद्यपि, निःशुल्क परामर्शमा कम्प्युटर इञ्जिनियरिङ, सिएसआइटी, बिएससी सिएसआइटी आदि बारे छलफल हुनेछ । 

एक दिने परामर्शमा आइटी सम्बद्ध त्रिविका विज्ञहरू, आइटी कम्पनीका विज्ञहरूले सेसन लिनेछन् । कुनै विषयको भविष्य कस्तो छ? कति खर्च लाग्छ? राम्रा शिक्षण संस्थाहरू कुन-कुन हुन् ? जस्ता हरेक प्रश्नको जवाफ सो अवसरमा विद्यार्थीले विज्ञसँग बसेर छलफल गरेर लिन सक्ने छन्।

सम्पर्क फोन नम्बर : ०१५५२४९१०

स्थान : पास्कल नेसनल कलेज सातदोबाटो

स्कल नेसनल कलेज आइटी निःशुल्क परामर्श

विशेष