राशिफल

कस्तो बित्दैछ आज तपाइको दिन? हेर्नुस् राशिफल

कस्तो बित्दैछ आज तपाइको दिन? हेर्नुस् राशिफल

मेषः बेसुरको निर्णयले समस्यामा पुर्याउने छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। पहिलेको सफलताले भने हौसला जगाउने छ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला। आफ्नो सूचना बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला।

बृषः केही मात्रामा खर्च बढ्नेछ भने व्यवसायमा लगानी बढाउनुपर्ला। अर्थअभाव खट्किनाले काममा बाधा आउन सक्छ। फाइदाका पछि लाग्दा समस्या आउन सक्छन्। आवश्यक पर्दा सरसापटबाट धन जुट्नेछ। लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ।

मिथुनः दिगो फाइदा हुने काममा लगानी गर्ने मौका छ। व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ। आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। पहिलेको सफलताले हौसला जगाउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।

कर्कटः राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

सिंहः अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला। आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। समयअनुसार चल्न नसक्ता अलि दुस्ख पाइनेछ। केही बाध्यात्मक परिस्थितिले अलमल्याए पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।

कन्याः स्वास्थ्य प्रतिकूल रहनेछ भने गरेका कामबाट पनि तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ। हिसाबकिताबमा होसियार रहनुहोला। हडबडको त्रुटिले काम दोहोर्याउनुपर्ने हुन सक्छ। अध्ययनमा त्यति धेरै समय दिन नसकिएला। श्रम र लगानीका तुलनामा व्यावसायिक प्रतिफल कम मात्र हातलागी हुनेछ।

तुलाः व्यवसायले रमाइलो यात्रा गराउन सक्छ। काममा साथीभाइको सहयोग जुट्नेछ। धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवनशैली आनन्दमय रहनेछ। प्रियभेट हुनुका साथै विशेष उपहार प्राप्त होला। सोखले मालमत्ता जुटाउन प्रेरित गर्नेछ।

बृश्चिकः लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।

धनुः कामको मेसो नमिल्दा केही अलमल हुनेछ। तापनि मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। कर्मक्षेत्रका बाधा हट्नेछन् र नयाँ कामतर्फ आकर्षित भइनेछ। काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ।

मकरः तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। शुभचिन्तकहरूलाई साथमा लिएर काममा जुट्नुहोला। महत्त्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला। साझेदारीको सम्झौता भंग हुन सक्छ। तत्कालको फाइदा हेर्दा घाटा हुन सक्छ।

कुम्भः व्यापारमा लाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ। साथीभाइको सहयोगले काम सम्पादन हुनेछ। दिगो फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ।

मीनः सञ्चित रकम खर्चनुपर्ने आवश्यकता पर्न सक्छ। दिगो काम प्रारम्भ गर्न केही समय पर्खनुपर्ने देखिन्छ। फाइदाका लागि काम दोहोर्याउनुपर्ने हुन सक्छ। विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्ला। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) 

राशिफल

विशेष