मनोरञ्जन

अक्षयकुमारद्वारा बाढीपीडितलाई २ करोड सहयोग

अक्षयकुमारद्वारा बाढीपीडितलाई २ करोड सहयोग

एजेन्सीः बलिउड सुपरस्टार अक्षय कुमार चर्चित मात्रै होइन, मनकारी पनि छन् । उनले फिल्मबाट लिएको आम्दानीको ठूलो हिस्सा सहिद परिवारको सहयोगमा खर्चने गरेका छन् । भर्खरै उनले आसाममा गएको बाढीबाट प्रभावित भएकाहरूका लागि दुई करोड भारु सहयोग गरेका छन् । 

‘मलाई आसामका मुख्यमन्त्रीले फोनमा भन्नुभयो कि मेरो सहयोगपछि अन्य मानिसले पनि सहयोगमा तत्परता देखाएछन् । यो सुनेर खुसी लाग्यो,’ उनले भने, ‘अप्ठेरोमा परेका मानिसलाई सबैको साथ जरुरी छ । मलाई लाग्छ कि भगवान्ले मलाई सबथोक दिएका छन् । आखिरमा पैसा लिएर कहाँ जानु छ र ! ’ 

अहिले अक्षय कुमारको मिसन मंगलले भारतीय बक्सअफिसमा धमाकेदार कमाइ गरिरहेको छ । अहिलेसम्म उनको फिल्मले एक सय १३ करोड कमाइसकेको छ । इन्डियन स्पेस रिसर्च अर्गनाइजेसनको मार्स अर्बिटर कार्यक्रमका विषयमा आधारित यस फिल्ममा अक्षयसँगै विद्या बालन, तापसी पन्नु, सोनाक्षी सिन्हालगायतका स्टार कलाकारहरूको अभिनय छ । नयाँ पत्रिका दैनिकबाट 

अक्षय कुमार बाढीपीडित सहयोग

विशेष