मुख्य समाचार

सोलुखुम्बुको गोली केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

सोलुखुम्बुको गोली केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

सल्लेरी । सोलुखुम्बुको गोलीलाई केन्द्रबिन्दु बनाएर ४ म्याग्नीच्यूटको भूकम्पको धक्का महशुुस गरिएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार विहान ७ बजेर ७ मिनेटको अवस्थामा लिखुपिके गाउँपालिकाको गोलीलाई केन्द्रविन्दु बनाएर ४ म्याग्नीच्यूटको भूकम्प धक्का महशुस गरिएको हो ।  

भूकम्पका कारण सोलुखुम्बु, ओखलढुंगा र रामेछापका केही स्थानमा सामान्य धक्का महशुस भएको छ । क्षतिको विवरण नआएको प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले बताए ।

बिहीबारको भूकम्प २०७२ सालको पराकम्प नभएको भूकम्पमापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माले बताए ।

सोलुखुम्बु भूकम्प म्याग्नीच्यूट

विशेष