Technology

युट्युबले बन्द गर्दै विशेष फिचर

युट्युबले बन्द गर्दै विशेष फिचर

चर्चित भिडियो शेयरिङ वेबसाइट युट्युबले म्यासेज फिचर बन्द गर्दैछ। यो फिचर १८ सेक्टम्बरबाट बन्द हुँदैछ। सन् २०१७ मा युट्युबमा प्राइभेट म्यासेज फिचर आएको थियो। यसको माध्यमबाट युट्युब प्रयोगकर्ताले प्राइभेट म्यासेज गर्न सक्थे। अब भने गुगलले यो फिचर हटाउन निर्णय गरेको छ।

'दुई वर्ष पहिला हामीले युट्युबमा डाइरेक्ट म्यासेजका माध्यमबाट भिडियो शेयर गर्ने फिचर दिएका थियौँ। त्यतिबेला देखी हामी पब्लिक कन्भरसेनमा पनि ध्यान दिएका थियौँ र यसलाई कमेन्ट, पोस्ट र स्टोरिजका साथमा अपडेट गर्‍यौँ,' गुगलले युट्युब सपोर्ट पेजमा भनेको छ।

गुगलका अनुसार कम्पनी लगातार आफ्नो प्राथमिकताको पुनर्मूल्यांकन गरिरहेको छ। र यसैप्रकार युट्युबले न्यटिभ डायरेक्ट म्यासेज फिचर बन्द गर्न लागेको हो। अब कम्पनीले पब्लिक कन्भरसेसनमा ध्यान दिनेछ।

गुगलले यसअघि पनि आफ्ना केही एप्सहरू बन्द गरेको थियो। गुगलले आफ्नो ट्रिप प्लालिङ गर्ने एप गुगल ट्रिप एप पनि बन्द गरेको छ। यसबाहेक गुगल अल्लो पनि केही समय पहिला बन्द गरेको थियो। गुगलको स सामाजिक सञ्जाल गुलल प्लस पनि बन्द भइसकेको छ।

युट्युबसँग जोडिएको अर्को खबर अनुसार कम्पनीले युट्युब किड्सको टार्गेटेड विज्ञापन पनि बन्द गर्न सक्छ। फेडरल ट्रेड कमिसनले अहिले युट्युबले चिंल्ड्रेन अनलाइन प्राइभेसी ऐक्टको उल्लंघन गरेर नगरेको अनुसन्धान गरिरहेको छ। यसमा दोषी भेटिए युट्युब किड्स टार्गेटेड विज्ञापन बन्द हुनेछ।

युट्युब

विशेष