‘पासवर्ड’को प्रिमियरका लागि नेपाल आउँदै सनी लियोनी

काठमाडौं । बलिउड अभिनेत्री एवं पूर्व पोर्न स्टार सनी लियोनी नेपाल आउने भएकी छन् । उनले आफू फिल्म ‘पासवर्ड’ को प्रिमियरका लागि नेपाल आउन लागेको भन्दै भिडियो सन्देश पठाएकी छन्।
सन्देशमा भनिएको छ, ‘नमस्ते नेपाल । म सनी लियोनी। मैले अभिनय गरेको नेपाली फिचर फिल्म पासवर्डको प्रमोस्नल इभेन्ट र प्रिमियरमा सहभागी हुन म सेप्टेम्बर ११ मा नेपाल आउँदै छु।’
एबी इन्टरनेसनलको ब्यानरमा निर्माण भएको यो फिल्मको ‘आजको साम...’ गीतमा यी अभिनेत्रीले निकै कामुक नृत्य प्रस्तुत गरेकी छन् ।
यो गीतको भिडियो बनाउन ३ करोड खर्च भएको दावी निर्माण पक्षको छ । फिल्मको प्रिमियर २५ भदौमा हुँदैछ। २७ भदौबाट मुलुकका सिनेमा हलमा फिल्म पासवर्ड लाग्दैछ।
सनी लियोनी पासवर्ड