मुख्य समाचार

पर्वतमा पहिरोले घर पुरिँदा एक जना बेपत्ता

पर्वतमा पहिरोले घर पुरिँदा एक जना बेपत्ता

पर्वत । जिल्लाको कुश्मा नगरपालिका–२ खुर्कोट बुढीस्वाँरामा पहिरोले घर पुरिँदा एक जना बेपत्ता भएका छन् ।

गयराति भएको वर्षाका कारण घरमाथिबाट आएको पहिरोले घर पुरिँदा ७० वर्षीय रेमबहादुर चालिसे बेपत्ता भएका हुन् । 

जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीसहित स्थानीयबासीन्दाले बेपत्ता चालिसेको खोजी कार्य गरिरहेका छन् ।  

श्रीमान–श्रीमती मात्रै बस्दै आएका उक्त घरमा बुधबार नै रेमबहादुर चालिसेकी श्रीमती छोरी भेट्न घर बाहिर गएकी थिइन् । 

पर्वतका प्रहरी नायव उपरीक्षक श्याम अर्यालका अनुसार पहिरोले घरको सबै भाग पुरेको र केही भाग बगाएको छ ।  

पर्वत बेपत्ता पहिरो

विशेष