मुख्य समाचार

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरू

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरू

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा महानगरपालिकाका अध्यक्ष एवं सचिव, प्रवास कमिटी, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समिति गठनबारे छलफल भइरहेको बुझिएको छ ।

यसअघि हिजो बसेको बैठक थप गृहकार्य आवश्यक रहेको भन्दै केहीबेर बसेर आजका लागि सारिएको थियो। नेकपा प्रवक्ता प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’का अनुसार नेता माधवकुमार नेपालले दर्ता गराएको असहमतिका विषयमा बुधबार कुनै छलफल भएको थिएन ।

पार्टीका जनवर्गीय सङ्गठनको इञ्चार्ज चयन तथा अन्य केही विषयलाई लिएर नेता नेपालले सचिवालयले गरेको निर्णयमा असहमति जनाएका छन्। प्रवक्ता श्रेष्ठले नेता नेपालको असहमतिका विषयमा छलफल गर्नुपरे छुट्टै प्रस्तावमा छलफल गर्न सकिने बताए।  

नेपाल कम्युनिष्ट पार्टी सचिवालय बैठक

विशेष