मुख्य समाचार

आज कृष्ण जन्माष्टमी

आज कृष्ण जन्माष्टमी

काठमाडौं । आज भाद्र कृष्ण अष्टमीका रात स्वदेश तथा विदेशका सबै कृष्ण मन्दिरमा भव्यताका साथ कर्मका पुजारी भगवान् कृष्णको जन्मदिन मनाइँदै छ । महाशिवरात्रि, महाष्टमीको कालरात्रि, लक्ष्मीपूजाको सुखरात्रि र कृष्णजन्माष्टमीको मोहरात्रि गरी यी चार रातलाई हिन्दू धर्मशास्त्रमा महत्वको रात मानिएको छ । 

द्वापरयुगमा पिता वासुदेव र माता देवकीको सन्ततिका रूपमा कृष्णको जन्म भएको शास्त्रमा वर्णित छ । ज्योतिषशास्त्रमा सूर्य ग्रहबाट भगवान् राम अवतार, मङ्गल ग्रहबाट नृसिंह अवतार र चन्द्र ग्रहबाट कृष्णको जन्म भएको वर्णन छ । शुक्रबार मध्यरातदेखि शनिबार बिहान ३ः३० बजेसम्म अष्टमी परेको छ । 

राष्ट्रपतिद्वारा शुभकामना 
यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको सांस्कृतिक सम्पदा, प्रचलन र मान्यताहरू राष्ट्रिय जीवनका अमूल्य निधि रहेको धारणा व्यक्त गरेकी छिन् । श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्व, २०७६ को अवसरमा शुभकामना सन्देश दिँदै उहाँले सो धारणा व्यक्त गरेकी हुन् । 

‘मुलुकको सभ्यता र सम्पन्नताको सूचकसमेत मानिने यस्ता मौलिक परम्परा र संस्कृतिको प्रवद्र्धन गर्नु हामी सबैको साझा दायित्व हो’ सन्देशमा भनिएको छ, ‘यस प्रकारको ऐतिहासिक र सांस्कृतिक परम्पराले समाजलाई एकताको सूत्रमा बाँध्नुका साथै सामाजिक तथा आर्थिक सहिष्णुता एवं सद्भाव अभिवृद्धि गर्न ठूलो मद्दत पुर्या एको छ ।’ 

कृष्ण अष्टमी कृष्णजन्माष्टमी

विशेष