खेल

अष्ट्रेलियाविरुद्ध आर्चरको घातक बलिङ, एक्लैले लिए ६ विकेट

अष्ट्रेलियाविरुद्ध आर्चरको घातक बलिङ, एक्लैले लिए ६ विकेट

काठमाडौं । अष्ट्रेलिया विरुद्धको एशेज सिरिजको तेस्रो खेलमा इंग्ल्याण्डका जोफ्रा आर्चरले घातक बलिङ गरेका छन् । उनले १७.१ ओभरमा ४५ रन दिएर ६ विकेट लिए । उनले ३ ओभर मेडन दिए । टेस्ट क्रिकेट करियरमा आर्चरको यो उत्कृष्ट प्रदर्शन हो । आर्चरको यो दोस्रो टेस्ट म्याच हो । यसअघि उनले यही सिरिजको दोस्रो खेलमा डेब्यू गरेका थिए ।

आर्चरकै घातक बलिङमा तेस्रो खेलको पहिलो इनिङमा अष्ट्रेलिया १७९ रनमै समेटियो । अष्ट्रेलियाका लागि मार्नस लाबुशानेले ७४, ओपनर डेभिड वार्नरले ६१, कप्तान टिम पाइनीले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमासमेत रन जोड्न सकेनन् ।

बलिङमा आर्चरले ६, स्टअर्ट ब्राडले २, बेन स्टोक्स र क्रिस ओक्सले एकएक विकेट लिए । अष्ट्रेलियाका महत्वपूर्ण ब्याट्सम्यान स्टिभ स्मिथ चोटका कारण तेस्रो खेलमा उपस्थित हुन सकेनन् । उनी सिरिजको दोस्रो म्याचमा आर्चरको बलमा घाइते भएका थिए । 

अष्ट्रेलिया भर्सेस इंग्ल्याण्ड एशेज सिरिज जोफ्रा आर्चर

विशेष