मुख्य समाचार

सिडिओलाई धम्क्याएर बम पड्काउँदै हिड्ने तीन जना पक्राउ

सिडिओलाई धम्क्याएर बम पड्काउँदै हिड्ने तीन जना पक्राउ

पर्सा । पर्साका प्रमुख जिल्ला अधिकारीलाई समेत धम्क्याई समाजमा अशान्ति मच्चाउन सुतली बम पड्काउँदै हिड्ने तीन अभियुक्त पक्राउ परेका छन् ।

उनीहरुलाई तीन थान सुतली बम, ४ राउण्ड गोली र २ वटा मोबाइलसहित पर्सा प्रहरीले वीरगन्ज २५ स्थित चण्डाल चौकबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा पर्सा जिल्ला वीरगन्ज महानगरपालिका –२४ का इनुस अंसारी, सद्दाम अंसारी र टाइगर भन्ने जौवाद अंसारी रहेका छन् ।

पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले पक्राउ परेका अभियुक्तहरुलाई अशान्ति मच्चाउन लगाउने मुख्य नाइके फुलहसन अंसारी भने फरार रहेको जानकारी दिए । 

अभियुक्त पक्राउ पर्सा सुतली बम

विशेष