नगरप्रमुख र उपप्रमुखले एकलौटी गरेको भन्दै वडाध्यक्षहरुको सामुहिक राजीनामा
बाजुरा । बाजुराको बडिमालिका नगरपालिकाका पाँच वडाध्यक्षले सामूहिक रुपमा राजीनामा दिएका छन् । नगरप्रमुख, उपप्रमुखले एकलौटी निर्णय गरेको भन्दै नेकपावाट निर्वाचित पाँच बडाध्यक्षले विकास समिति सदस्य नरहने गरी राजीनामा बुझाएका हुन् ।
समिति गठनदेखि अरु निर्णय एकलौटीरूपमा गरेको र फरक सङ्गठनको भएकै कारण नै आफूहरुलाई बेवास्ता गरेको आरोप राजीनामा दिने बडाध्यक्षहरुको छ ।
राजीनामा दिनेमा श्रोत अनुमान तथा सिमा निर्धारण समिति सदस्य–धर्मराज पाध्याय, नगर शिक्षा समिति सदस्य डम्मर बहादुर महत, रोजगार निर्देशक समिति सदस्य विरबहादुर रावल, राजस्व परामर्श समिति सदस्य विनोद कुमार विक र नगर स्तरीय उर्जा तथा वातावरण समिति सदस्य सुरेन्द्रनाथ रहेका छन् । नगरप्रमुख पदम बढुवाले भने असन्तुष्ट बडाध्यक्षहरुसँग छलफल गरेर निकास खोजिने बताएका छन् ।