आइसीसी वरियतामा नेपाल १६औँ स्थानमा
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को एकदिवसीय वरियतामा नेपाल एक स्थान तल झरेको छ । आइसिसीले सार्वजनिक गरेको एक दिवसीय नयाँ वरियतामा एक स्थान तल झरेर नेपाल १६औँ स्थानमा पुगेको छ । यसअघि नेपाल १५ औँ स्थानमा थियो ।
वरियताको शीर्ष स्थानमा इङल्याण्ड छ भने दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौथोमा अष्ट्रेलिया, पाँचौँमा दक्षिण अफ्रिका, छैटौंमा पाकिस्तान र सातौँ स्थानमा बंगलादेश छ । त्यस्तै आइसिसी टी–ट्वान्टी वरियतामा भने नेपाल एघारौँ स्थानमा यथावत् रहेको छ । टी–ट्वान्टी वरियतामा नेपालभन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड छन् ।
टी–ट्वान्टी वरियतामा पाकिस्तान पहिलो स्थानमा छ भने इङल्याण्ड दोस्रो र दक्षिण अफ्रिका तेस्रो स्थानमा छ । यस्तै भारत चौथो, अष्ट्रेलिया पाँचौँ स्थानमा छ ।