मुख्य समाचार

तीन दिन चट्टयाङसहित पानी पर्ने सम्भावना, सचेत रहन मौसमविद्को आग्रह

तीन दिन चट्टयाङसहित पानी पर्ने सम्भावना, सचेत रहन मौसमविद्को आग्रह

काठमाडौं । देशभर आज मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।

मौसम विज्ञान विभागका अनुसार देशको मध्य तथा पश्चिमी भू–भागका थोरै स्थानमा भारी वर्षा र पूर्वी तराईका जिल्लामा हावाहुरीको सम्भावना छ ।

मौसमविद्ले चट्याङबाट जोगिन तथा मध्य, पश्चिम र पूर्वी तराईका जिल्लामा यात्रा गर्दा सतर्कता अपनाउन सुझाव दिएका छन् ।

मौसम विज्ञान विभागले शनिबार जारी गरेको बुलेटिनमा लेखिएको छ– देशभरी सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने सम्भावना रहेकाले मेघगर्जन र चट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।

देशको मध्य तथा पश्चिमका भुभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना र देशका पूर्वी तराईका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ । यी स्थानमा रहनुभएका लगाएत उक्त स्थानहरूमा यात्रा गर्नु हुने सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरिन्छ ।

मौसमविदका अनुसार मनसुनको न्यून चापीय रेखाको पश्चिम भाग औसत स्थानभन्दा केही उत्तरतर्फ छ । साथै बंगालको खाडीमा ओडिसा नजिक माथिल्लो वायुमण्डलमा एउटा न्यून चापीय वायु प्रणाली विकसित भएको छ ।

त्यसैको प्रभावका कारण हाल नेपालका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली भई पश्चिमका केही स्थानमा वर्षा भइरहेको छ । मेघ गर्जन र चट्टयांगसहित पानी पर्ने क्रम आगामी तीन दिनसम्म जारी रहने मौसमविदको भनाइ छ ।

मौसमविद् मौसम विज्ञान विभाग चट्याङ

विशेष