मनोरञ्जन

बलिउडमा टर्किस सुन्दरीको प्रवेश

बलिउडमा टर्किस सुन्दरीको प्रवेश

बलिउडका कलाकार हलिउडमा प्रभुत्व जमाउने सपना देख्छन् । हलिउडमा प्रवेश पाउनुलाई जीवन सार्थक भएको उपलब्धि ठान्छन् । तर अहिले शब्दकोष फेरिदै गएको छ ।

विदेशी कलाकार बलिउडतर्फ आकर्षित हुने गरेका छन् । कटरिना केफ, ज्याकलिन फर्नान्डिज यसअघि नै बलिउड उद्योगमा स्थापित भइसकेका छन् ।

अबको पालो टर्किस सुन्दरी हेडी एर्सेलको । उनी राहुल मिश्राको फिल्मबाट बलिउडमा डेब्यू गर्दैछिन् ।

फिल्ममा अभिनय गर्ने हिरोको भने टुंगो लागिसकेको छैन् । टर्किस सुन्दरीको बलिउड यात्रा वास्तवमा अग्निपरीक्षा हो । अभिनयको कसीमा उनी कसरी उत्रन्छिन, त्यसपछि मात्र मूल्यांकन गर्न सकिन्छ । 


 

बलिउड हलिउड

विशेष