आमिर खानकी छोरी सामाजिक सञ्जालमा (फोटोफिचर)

बलिउडका सदाबहार नायक आमिर खानकी छोरी ईरा खान यतिबेला सोसल मिडियामा छाएकी छन् । साथीहरुसंग मुम्बईमा भएको एक कार्यक्रममा सहभागी भएका बेला लिइएका तस्वीर तथा भिडियोले यतिबेला चर्चा पाएको हो ।
सामान्य मेकअपमा रहेकी ईरा कालो पोशाकमा सजिएकी छन् । ईरा नाटक निर्देशक हुन् । उनले निर्देशन गरेको नाटक यूरिपिडिज मेडा केही समयपछि सार्वजनिक हुँदैछ । यसअघि उनले आफ्नो ब्वाईफ्रेन्ड मिशाल किर्पलानीसंग खिचेको फोटो सार्वजनिक गरेकी थिइन् । जुन सामाजिक सञ्जालमा अत्यन्त भाइरल बनेको थियो ।