मुख्य समाचार

रवि लामिछानेका समर्थक नियन्त्रण गर्न चितवनमा निषेधित क्षेत्र 

रवि लामिछानेका समर्थक नियन्त्रण गर्न चितवनमा निषेधित क्षेत्र 

काठमाडौं । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनाविरुद्धको मुद्धा दर्तापछि उत्पन्न भएको समर्थकहरुको भिड नियन्त्रण गर्न चितवनका केही क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएकाे छ । 

चितवन प्रहरीका अनुसार पूर्वतर्फ बाइपास सडकतर्फ आन्तरिक राजश्व कायर्मलयको चोकदेखि घरेलु कार्यालयको चोक, पश्चिमतर्फ लोकमार्गको सप्तगण्डकी अस्पताल चोकदेखि चौबिसकोठी चोक, उत्तरतर्फ बाइपास सडकको अन्तरिक राजश्व कार्यालय चोकदेखि भरतपुर अस्पताल, पुरानो मेडिकल कलेजज जाने चोक, नारायणी मावि, कृषि ज्ञान केन्द्र हुँदै पूर्वपश्चिम लोकमार्गको चौबिसकोठी चोक र दक्षिणतर्फ बाइवपास सडकतर्फ घरेलु कार्यालयको चोकदेखि दूरसञ्चार चोक हुँदै पूर्व पश्चिम लोकमार्गतर्फ सप्तगण्डकी अस्पताल चोकसम्म निषेधित क्षेत्र घोषणा गरिएको हो ।  

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ कअनुसार यो आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए । ऐन अनुसार यसको उल्लंघन गर्नेलाई प्रजिअले ५०० सम्म जरिवाना वा एक महिनासम्म कैद वा दुबै सजाय तोक्न सक्नेछ ।

विशेष