खेल

टेस्ट च्याम्पियनसिपः वेस्ट इन्डिजविरुद्ध भारतको कीर्तिमानी जीत

टेस्ट च्याम्पियनसिपः वेस्ट इन्डिजविरुद्ध भारतको कीर्तिमानी जीत

काठमाडौं । आइसीसी टेस्ट च्याम्पियनसिप अन्तर्गत वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टमा भारतले कीर्तिमानी जीत हासिल गरेको छ । उसले पहिलो टेस्टमा वेस्ट इन्डिजलाई ३१८ रनले हराउँदै कीर्तिमानी जीत हासिल गरेको हो । विदेशी मैदानमा भारतले यति ठूलो रन अन्तरले जीतेको पहिलो पटक हो । 

टस हारेर ब्याटिङको मौका पाएको भारतले पहिलो इनिङ्समा २९७ रन बनाएको थियो । उसका लागि आजिक्य राहाणेले सर्बाधिक ८१, रविन्द्र जडेजाले ५८, केएल राहुलले ४४, हनुमा बिहारीले ३२, रिषभ पन्तले २४, इशान्त शर्माले १९ रन बनाए ।  बलिङमा वेस्ट इन्डिजका केमार रोचले ४, शानोन ग्राबियलले ३, रोस्टन जेसले २ र जोसन होल्डरले एक विकेट लिए । 

पहिलो पारीमा वेस्ट इन्डिज २२२ रनमा अलआउट भयो । पहिलो इनिङ्समा वेस्ट इन्डिजका रोस्टोन चेसले सर्बाधिक ४८ रन बनाए । बलिङमा भारतका इशान्त शर्माले सर्बाधिक ५ विकेट लिए । 

पहिलो पारिमा ७५ रनको अग्रता बनाएको भारतले दोस्रो पारीरिमा  ३४३ रन बनाएको थियो । उसका लागि  आजिक्य राहाणेले १०२, हनुमान विहारीले ९३, कप्तान विराट कोहलीले ५१ रन बनाए । दोस्रो पारीमा भारतको उत्कृष्ट ब्याटिङका कारण वेस्ट इन्डिजले ४१९ रनको विशाल लक्ष्य पाएको थियो ।
जवाफी ब्याटिङमा आएको वेस्ट इन्डिज १०० रनमै अलआउट भयो ।

उसका तीन खेलाडीले मात्र दोहोरो अंक रन बनाउन सके । वेस्ट इन्डिजको यो इनिङ्समा केमार रोचले सर्वाधिक ३८ रन बनाउनु बाहेक अरु कुनै पनि खेलाडीले दोहोरो अंकजोड्न बनाउन सकेनन् । भारतको घातक बलिङमा जसप्रित बुम्राहले ५, इशान्त शर्माले ३ र मोहम्मद सामीले २ विकेट लिए ।

वेस्ट इन्डिज भर्सेस भारत टेस्ट च्याम्पियनसिप

विशेष