मुख्य समाचार

विप्लव नेकपाको अखिल क्रान्तिकारी तनहुँ अध्यक्ष पक्राउ

विप्लव नेकपाको अखिल क्रान्तिकारी तनहुँ अध्यक्ष पक्राउ

तनहुँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाको भातृ संगठन अखिल क्रान्तिकारी विद्यार्थी संगठन तनहुँकी अध्यक्ष एवं पार्टीको जिल्ला सदस्य ममता रुचाल पक्राउ परेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेका अनुसार रुचाललाई आइतबार व्यास नगरपालिका–११ बाट पक्राउ गरिएको हो ।

पक्राउ परेकी रुचालको साथबाट पार्टीको पर्चा पम्प्लेटलगायतका सामग्रीहरु बरामत गरिएको प्रहरीले जनाएको छ।  

उनी प्रहरीको निगरानीमा परेसँगै पक्राउ गर्न सफल भएको प्रहरी नायव उपरीक्षक लामिछानेले जानकारी दिए । तनहुँबाट प्रहरीले हालसम्म १६ जना विप्लवका कार्यकर्ता पक्राउ गरिसकेको प्रहरीले जनाएको छ ।  तस्विरः रुचालको फेसबुकबाट  

नेत्रविक्रम चन्द ‘विप्लव’ तनहुँ ममता रुचाल

विशेष