राशिफल

कस्तो छ आज तपाइको भाग्य? पढ्नुहोस् राशिफल

कस्तो छ आज तपाइको भाग्य? पढ्नुहोस् राशिफल

वि.सं. २०७६ साल भाद्र १० गते । मंगलबार । ईश्वी सन् २०१९ अगष्ट २७ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । भाद्र कृष्णपक्ष । तिथि द्वादशी,४३ घडी १२ पला ,बेलुकी २२ बजेर ५७ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र पुनर्वशु, ४२ घडी ५१ पला, बेलुकी १० बजेर ४९ मिनेट उप्रान्त तिष्य । योग सिद्धि, ०४ घडी ५४ पला, बिहान ०७ बजेर ३८ मिनेट उप्रान्त व्यातिपात ।  

मेषः विद्यामा उत्साजनक प्रगति नहुदा मन चिन्तित रहला । राजनीति तथा समाजसेवामा भनेजस्तो काम गर्न नसकिने हुनाले आलोचना सहनुपर्ला । छोटो दुरीको यात्रा हुने भए पनि यात्राका क्रममा बिभिन्न बाधा तथा अवरोधको सामना गर्नु पर्ने हुन सक्छ । 

बृषः व्यवसायमा समय दिए पनि भनेजस्तो आम्दानी नहुने हुदा दैनिकि प्रभावित हुनेछ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ भने घर परिवार तथा कुटुम्बसँग मनमुटाव बढ्ने योग रहेकोछ ।  

मिथुनः काम गरी अरुलाई प्रभावित पार्न सकिनेछ भने समाजमा मान सम्मानमा बृद्धि भएर जानेछ । अध्ययनमा प्रगति हुनेछ भने अरुलाई पछि पार्दै नतिजा आफैतिर ल्याउँन सकिनेछ । राजनीति गर्नेहरुले राज्यबाट पद पाउने समय रहेकोछ । 

कर्कटः राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ काम गर्दा सजक भएर गर्नुहोला । माया प्रेममा धोका हुनेछ । अनाबश्यक ठाउँमा बल प्रयोग हुनुको साथै बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ ।  

सिहंः तरल पदार्थ जस्तै हाईड्रो, पानी जस्ता उद्योग व्यवसायमा लगानी गर्दा उचित प्रतिफल पाइने छ । सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहेको छ । परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । 

कन्याः साझबाट  व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिने छ । नयाँ प्रकृतिको काम गर्ने वातावरण बन्नेछ । पढाई लखाईमा तपाइको नाम अग्र स्थानमा आउने छ ।

तुलाः सरकारी तथा दैनिक कामगर्दा ध्यान दिनहोला । लामो दुरीको धार्मिक यात्रा भए पनि यात्राका क्रममा विभिन्न बाधा तथा अवरोधको सामना गर्नुपर्दा मन खिन्न हुने छ । खानपानमा ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धि समस्या आएर दैनिक कामहरु गर्न सकिनेछैन । 

बृश्चिकः माया प्रेममा धोका हुनेछ । पति दाम्पत्य जीवनमा घटपट आउने छ । पढाई लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँने छ । साझपख धार्मिक यात्रा हुने प्रवल सम्भावना रहेको छ ।

धनुः सांगठनिक टिम निर्माण गरि काम गर्दा भनेजस्तो आम्दानी गर्न सकिने छ । विभिन्न भौतिक सम्पतिहरु जोड्न सकिने छ । व्यवसायमा देखिएका असहज परिवेशलाई भत्काउँदै थप लगानी  गरि विलासी बस्तुहरुको उपभोग गर्न पाइने छ ।  

मकरः सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछ । साझपख समय राम्रो रहेकोले व्यावसायमा गरिएको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेममा नजिक हुने समय रहेको छ ।

कुम्भः व्यवसायमा भनेजस्तो आम्दानीन हुने हुँदा दैनिक कामहरु प्र्रभावित हुनेछन् भने शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसाय भने फस्टाएर जाने छ । मायाप्रेममा एक अर्कालाई अबिश्वास गर्नाले छुट्टिनु पर्ने अधिक सम्भावना रहेको छ ।  

मीनः व्यवसायमा लगानी गर्न नसकिने तथा आम्दानी कम हुँदा आर्थिक समस्याले दिन गुज्रिने छ । पढाई लेखाइ  तथा यस्तै क्रियाकलापमा राम्रो मिहिनेतगरे मात्र परिणाम तपाइकै पक्षमा पार्न सकिने छ । आफन्त तथा आमासँगको सम्बन्ध सुधार गर्दै अगाडि बढ्न सके फाइदा हुने योग रहेको छ ।  

विशेष