प्रवास

अमेरिकामा मारिएका बजगाईंका हत्यारालाई ६० वर्ष कैद, २५ हजार डलर जरिवाना

अमेरिकामा मारिएका बजगाईंका हत्यारालाई ६० वर्ष कैद, २५ हजार डलर जरिवाना

गत वर्षको अमेरिकाको स्वतन्त्रता दिवसका दिन अमेरिकाको भर्जिनियामा हत्या गरिएका रेशम बजगाईंका हत्यारालाई यहाँको एक अदालतले ६० वर्ष कैद र २५ हजार डरल जरिवानाको फैसला सुनाएको छ। बजगाईंका हत्यारा मोहमद ए अब्दुल्लाहीविरुद्ध भर्जिनिया फेयर फ्याक्स काउन्टी सर्किट अदालतले उक्त फैसला सुनाएको हो।

रेशमका पक्षका वकिलले हत्यारालाई जन्म कैद सिफारिस गरेको तर अभियुक्त हत्याराका वकिलले २० वर्षको सजायको प्रस्ताव गरेका थिए । सजाय समय तोक्ने विषयमा दुवै पक्षका वकिलहरूको बहस भएको थियो । तर, जुरीले उनीहरूको दाबीलाई नकार्दै हदै सम्मको सजाय सुनाएका थिए । हत्यारा जेल आगामी नोभेम्बर २२ मा जाने छन् ।

भर्जिनियाको हरन्डन शहरस्थित सुनोको ग्यास स्टेसनमा बजगाईंलाई आगो निभाउने उपकरणले हिर्काएरका थिए। उनको माथिल्लो भागमा धेरै चोट लागेर अत्याधिक रगत बगेरका कारण मृत्यु भएको थियो। यसबाहेक अन्य फलामे वस्तुले हिर्क्याएको र घाँटी न्याकेको समेत प्रमाण फेला परेको थियो। प्रहरीले गत वर्ष नै हरन्डन शहरकै किनमेल बजारको कार पार्कबाट अभियुक्त मोहमद ए अब्दुल्लाहीलाई पक्राउ गरेको थियो।

मृतक बजगाईं सेप्टेम्बर २०१७ मा अमेरिका आएका थिए । उनी उक्त स्टेसनमा हप्तामा एक पटक मात्र काम गर्ने गर्थे। उनी डिसी महानगर क्षेत्रको हरन्डन आफ्नी जीवन संगिनी र ६ वर्षीया छोरीसँग बस्दै आएका थिए।

 

रेशम बजगाईं

विशेष