मुख्य समाचार

अज्ञात समूहद्वारा रोकिरहेको मिनी ट्रकमा आगजनी

अज्ञात समूहद्वारा रोकिरहेको मिनी ट्रकमा आगजनी

मन्थली । रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीमा मिनी ट्रकमा आगजनी भएको छ । सोमबार राति ११ बजेतिर बा ५ ख ३७४४ नम्बरको मिनीट्रकमा अज्ञात समूहले आगजानी गरेको हो । 

ट्रक धनी नवीन कार्कीका अनुसार ड्राइभर सन्देश कार्कीको घरनजिकै पार्किङ गरेर राखिएको मिनिट्रक पूर्णरुपमा जलेको छ । गाडीमा आगलागी भएको एक बृद्धले देखेर खबर गरेपछि स्थानीयले आगो निभाउने प्रयास गरेका थिए।

ट्रकमा आगो कसले, किन लगायो भन्ने अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिए। सवारी धनी कार्की तामाकोशी ढुवानी सेवा समितिका अध्यक्ष पनि हुन्।

रामेछाप आगजनी मिनी ट्रक

विशेष