मुख्य समाचार

आजको मौसमः चट्याङसहित पानी पर्ने सम्भावना

आजको मौसमः चट्याङसहित पानी पर्ने सम्भावना

काठमाडौं । मंगलबार देशका केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका मौसमविद् समीर श्रेष्ठले दिउँसो काठमाडौं उपत्यकासहित देशका केही स्थानमा मेघगर्जन रचट्याङसहित क्षणिक वर्षा हुने सम्भावना रहेको जानकारी दिए । तर भारी वर्षाको सम्भावना कतै नरहेको उनले बताए । 

अहिले मनसुनको न्यून चापीय रेखा औसत स्थानबाट दक्षिण रहेकाले नेपालमा मनसुन निस्क्रियजस्तै अवस्थामा रहेको मौसमविद् श्रेष्ठले बताए । ‘आगामी तीन दिनसम्म मौसम यस्तै रहने देखिन्छ,’ उन भने, ‘तर मनसुनका बेला भएकाले ठूलो वर्षा नभए पनि फाटफुट वर्षा भने भइरन्छ।’

मनसुन अझै एक महिना बाँकी रहेकाले पुनः ठूलो वर्षा हुने सम्भावना टरिनसकेको मौसमविद्ले बताएका छन् ।  

मौसम पूर्वानुमान महाशाखा मौसम

विशेष