आईसीसीद्वारा हङकङका २ क्रिकेटरमाथि आजीवन प्रतिबन्ध
काठमाडौं । म्याच फिक्सिङको आरोपमा हङकङका २ क्रिकेटरलाई अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आजीवन प्रतिबन्ध लगाएको छ । राष्ट्रिय टिमका सदस्य समेत रहेका इरफान अहमद र नदीम अहमदलाई म्याच फिक्सिङको आरोपमा आइसीसीले आजीवन प्रतिबन्ध लगाएको हो।
त्यस्तै अर्का क्रिकेटर हसिब अमजदलाई ५ वर्षे प्रतिबन्ध लगाइएको छ । इरफानलाई आईसीसीको एन्टी करप्सन कोड अन्तर्गत ९ वटा आरोपमा दोषी प्रमाणित गरेको छ। त्यस्तै नदिम र अमजदलाई ३ वटामा आरोपमा दोषी भएको जनाएको छ। आईसीसीले जारी गरेको प्रेस विज्ञप्तिमा लामो र जटिल अनुसन्धान पछि क्रिकेटरहरुले गरेको कर्तुत बाहिर ल्याएको जनाएको छ।
आईसीसीले भनेको छ ‘हङकङले स्कटल्याण्ड र क्यानडासँग (२०१४ विश्वकप छनोट) खेलेको खेलको केही ओभरहरुमा फिक्सङ गरेका थिए। उक्त खेल हङकङलेनै जितेको थियो, यद्यपि प्रतियोगिताको नतिजामा असर गरेको थिएन तर खेलाडीहरुले गरेको फिक्सीङ जस्तोसुकै भएपनि माफ गर्न सकिन्न।’
म्याच फिक्सिङ आजीवन प्रतिबन्ध