विचार

'शालिकराम पुडासैनीको राजनीतिक डिजाइनमा हत्या'

- भरत दाहाल

'शालिकराम पुडासैनीको राजनीतिक डिजाइनमा हत्या'

शालिकराम पुडासैनी मृत्यु प्रकरण मदन भण्डारी हत्या, राजा वीरेन्द्रको हत्या, सुशिल कोइरालाको हत्याकै सिलसिला हो। यो घटना विदेशी शक्तिहरू र तिनले पालेको राजनीतिक गुणहरूको सत्तालाई जोगाउने षड्यन्त्रकै कडी हो। अहिलेको अन्तर के मात्र हो भने हत्याका डिजाइनरहरू अहिले संकटमा फसेको र रवि लामिछाने मिडियाकर्मी भएको हुनाले सिधै मार्ने आँट गर्न नसकी फसाउने योजना बनाएको मात्र हो। यसका केही आधार यस्ता छन् :

१. भिडियो खिच्ने दोश्रो व्यक्ति छ । हत्या गर्नुपूर्व शालिकराम पुडासैनीको जुन भिडियो लिइएको छ, त्यसको अन्ततिर उनले हात जोडेका छन्। यसबाट उनको हातमा मोबाइल छैन भन्ने कुरा स्पष्ट छ। त्यसमा पनि पुडासैनीको शरीर तलमाथि हल्लिरहेको देखिन्छ। यसबाट के थाहा हुन्छ भने सो मोबाइल कुनै ठाउँमा स्थिर रुपमा राखिएको छैन र कुनै व्यक्तिले हातमा समातिरहेको छ।

२. प्रहरीको हातमा परेको मोबाइलको भिडियो मिडियामा आएको छ। यसबाट के थाहा हुन्छ भने यस घटनासँग जोडेर रवि लामिछानेलाई सिधै गिरफ्तार गर्दा पूर्वाग्रह र संकामा तानिने भएको हुनाले मिडियामार्फत् रवि लामिछानेका विरुद्धमा वातावरण बनाएर गिरफ्तार गर्ने योजना बनाइएको छ। मृत्युलाई कर्तव्य हो कि आत्महत्या भन्ने कुराको छानबिन गर्ने प्रयास नै गरिएको छैन।

३. पुडासैनीको हत्यालाई आत्महत्या भएको देखाउने पूर्वनिर्धारित योजनाअनुसार डोरी किन्दासम्म सिसिटिभि क्यामेरा सक्रिय बनाइएको छ। त्यसपछि होटेललाई जोगाउन क्यामरा बन्द गरिएको छ। डोरी किन्दासम्म पुडासैनीको फोटो खिच्न सक्ने क्यामराले त्यसपछि काम गर्न किन सकेन? यसबाट के कुराको अनुमान गर्न सकिन्छ भने हत्या अन्यत्र गरेर होटेलको कोठामा ल्याएर राखिएको हो।

४. पुडासैनीले दिइरहेको बयानमा उनको चर्को आवाज आइरहेको छ। यति चर्को आवाजमा बयान दिइरहेको कुरा वरिपरि कोठामा बस्नेहरू वा तलमाथि गरिरहने होटल कर्मचारीहरूले नसुन्ने प्रश्न नै उठ्दैन। त्यो भिडियो अन्यत्र खिचिएको हो भन्ने कुरा वरिपरि रहेका कसैलाई थाहा नहुनु, पुडासैनीको बयानको सुरु र पछिको मनोदशामा आकाशपातालको अन्तर देखिनु र बेडको दृष्य फेरिनुको यथार्थताले स्पष्ट पार्दछ।

५. पुडासैनीको अर्को गोप्य कोठा काठमाडौंमा पनि रहेछ। आत्महत्याका लागि यो कोठा नै सुक्षित थियो तर उनी चितवन किन गए? यसको कारण हो- काठमाडौंमा रविलाई गिरफ्तार गर्दा त्यसको विरोधमा उत्रने जनमानसको प्रतिरोधलाई थेग्न नसकिने आंकलन गरेर यस्तो प्रतिरोध कमजोर हुन सक्ने अनुमानका आधारमा पुष्पकमल दाहालको कथित प्रभाव भएको ठाउँमा लगेर मारिएको कुरा स्पष्ट छ।

६. रविको गिरफ्तारी प्रकरणमा १२ बुँदेसँग जोडिएका सबै दल, कथित मूल धारका मिडियाहरू र केही चर्चित व्यक्तिहरूको एउटै भावमा मौनता देखापरेको छ। अघिपछि झिनामसिना कुरामा मारकाट गर्ने र एउटाले अर्कोलाई भँडुवाको आरोप लगाउने यी कुतत्त्वहरू मौन रहनुको कारण हो- यो घटनालाई हिंसात्मक अराजकतामा बदल्ने ठूलो शक्तिको डिजाइन र त्यहाँबाट दलालहरूलाई आएको निर्देशन।

७. पुडासैनीका एकजना निकटस्थ साथीले १३ दिनको किरिया सकेपछि तत्कालै पुडासैनीकी श्रीमतीले २ जना अज्ञात व्यक्तिहरूलाई गोप्य रूपमा भेटेपछि रविका विरुद्धमा मुद्दा दर्ता गरेको भन्ने बयान दिएको भिडियो सार्वजनिक भएको छ। यसबाट अनुमान गर्न सकिन्छ कि मृत्युको प्रकरण वास्तविक छानबिनको दिशातिर तानिन सक्ने डरले त्यसलाई सिधै रविसँग जोड्ने योजना पहिले नै बनेको थियो।

भरत दाहाल शालिकराम पुडासैनी आत्महत्या

विशेष