मुख्य समाचार

११ दिनदेखि कोशीपीडित अनशनमा

११ दिनदेखि कोशीपीडित अनशनमा

सुनसरी । कोशीबाट पीडित भएकाहरुले क्षतिपूर्तिको माग गर्दै ११ दिनदेखि कोशी ब्यारेजमा अनशन जारी राखेका छन् ।  सङ्घर्ष समितिका अध्यक्ष महिदेव चौधरीका अनुसार कोशी नदी कटान डुबान संघर्ष समितिले आफ्ना तीन सूत्रीय माग राख्दै कोशी ब्यारेजमा रिले अनशन जारी राखेका हुन् ।    

कोशी ब्यारेज निर्माण भएका बेला इसं १९५४ मा भारत र नेपाल सरकारका प्रतिनिधिबीच भएको सम्झौताअनुसारको क्षतिपूर्तिको रकम पाउनुपर्ने माग गर्दै आफूहरुले रिले अनशन शुरु गरेको उनले बताए । पूर्वसांसद नागेन्द्र झाले सरकारले त्यो रकम उपलब्ध गराउनुपर्ने माग गर्दै आन्दोलनमा होमिएको बताए । 

आफूहरुको माग पूरा नगरे अहिले भारतीय सरकारले निर्माण गरिरहेको पाइलट च्यानलको कामसमेत रोक्ने उहाँले चेतावनी दिए । सुनसरी, सप्तरी र उदयपुरबाट आएका पीडितले जग्गामा भएको बाली क्षतिको मुआब्जा पाउनुपर्ने, जग्गाको सुरक्षा हुनुपर्ने र कोशी निर्माणका बेला भारत र नेपाल सरकारबीच भएको सम्झौता रकम पाउनुपर्नेलगायतका माग राख्दै आफूहरु आन्दोलनमा उत्रेको कोशीपीडित उत्थान सङ्घर्ष समितिका सचिव घनश्याम झाले बताए ।  

अनशन कोशी पीडित कोशी ब्यारेज

विशेष