विचार

नेपालीबाटै असुरक्षित नेपाली

नेपालीबाटै असुरक्षित नेपाली

आफ्नै लगौंटिया साथीले नराम्ररी डुबाई दिएछ अमेरिकाको मेरिल्याडमा । भैदिएछ के भने साथीको छोराले ड्राइभर लाइसेन्स त पायो तर नयाँ गाडी किन्ने रहर पूरा भएन । एकाबिहानै गाडी बेच्ने डिलर कहाँ पुगे बाउछोरा । गाडी हेरे, मन पर्यो एउटा गाडी । गाडी खरिद प्रक्रियामा लागे । गाडी खरिद गर्न  ऋणका लागि चाहिने बैयक्तिक महत्वपूर्ण जानकारी गाडी डिलरलाइ उपलब्ध त गराइदिए तर बाउको क्रेडीट हिस्ट्री र स्कोरले उक्त गाडी लोनमा खरिद गर्न सकेनन । अब के गर्ने ?

गाडी डिलरले के सुझाव दिएछ भने यदि कोही आफन्त वा साथीभाइ वा चिनेजानेको मानिस जसको क्रेडीट स्कोर, क्रेडीट एकाउन्ट राम्रोसंग स्थापित भएको छ, ती मानिसले को साइनर अर्थात जमानी बसेर सहप् छाप गरिदिएमा गाडी फाईनान्स हुनसक्ने बताइदिएपछि उनले अमेरिकामा व्यवस्थितसंग बसेको साथीलाई फोन गरी आफ्नो समस्या सुनाए । साथीले पनि सदाशयता देखाउँदै  भने बमोजिम नै ती साथी जमानी बस्न मञ्जुर भए ।  बाउ छोराले गाडी किने । संयोगले जमानी बस्ने साथीको क्रेडिट राम्रो भएकाले २००० डलर मात्रै डाउन पेमेन्टले गाडी लिने अवसर प्राप्त भयो । 

७२ महिनाका लागि ६५ बार्षिक ब्याजदरमा गाडी खरिद गरी महिनाको झन्डै ६ सय डलर बुझाउनु पर्ने थियो । दिन बित्दै गए । केही महिना फाइनान्सलाई मासिक पेमेन्ट पनि बुझाए । यति सम्म त चल्दै थियो तर झन्डै एक बर्ष पछि गाडीको बुझाउनु पर्ने पेमेन्ट रोकियो । फाइनान्स कम्पनीले बारम्बार ताकेता गर्यो पेमेन्टका लागि ।  तैपनि पेमेन्ट नबुझाएपछि फाइनान्स कम्पनीले क्रेडिट ब्युरोमा रिपोर्ट गरिदियो । अब ती बाउ छोरा र कोसाइनर सबैको क्रेडीटमा देखियो । पेमेन्ट समयमा बुझाइएन । फाइनान्स कम्पनीले पेमेन्टको लागि ताकेता संगै गाडी रिपो गर्ने वार्निङ्गदिए पछि कागज लिएर त्यही मानिस साथी कहाँ गई कागज किन पठायो भनेर सोध्दा ३ महिनासम्म पेमेन्ट गरिएको रहेनछ । अब बल्ल साथीले चाल पायो । त्यति बेलासम्म उनको क्रेडीट पनि रिपोर्ट भैसकेकाले क्रेडीट ड्यामेज भैसकेको थियो ।

जमानी बसिदिने साथीले भन्यो– ‘गाडीको पेमेन्ट नबुझाउने भए गाडीको साँचो आफू लिने र बाँकी भुक्तानी आफैं तिर्ने भनिसकेपछि बिगत वर्षौंदेखिको  सम्बन्ध पनि बर्बाद भयो । भइदिएछ के भने गाडीवाला साथीले काम छोडेको र अर्को काम नगरेको २, ३ महिना भैसकेको रहेछ । अनि कताबाट तिर्न सक्नु गाडीको पेमेन्ट ? साथीसंग रोइ कराई गरे तर आर्थिक मामलामा रोइकराई र रोदनले केही गर्दैन अमेरिकामा । कि त साँचो आफू लिने, कि त गाडी बेचिदिने दुई विकल्प मध्य गाडी आफैं लिएछन साथीले । गाडी त लिए, आफ्नै नाममा सारेर पेमेन्ट पनि गरे ।  तर यतिबेलासम्म उनको क्रेडीट ध्वस्त भइसकेको थियो ।

यो त एउटा उदाहरण मात्रै हो । आफ्ना छोराछोरी, आफन्त, परिवार बाहेक झुक्किएर, अन्जानमा पनि अर्काको घर , गाडी किन्दा, बैंकमा लोन लिँदा, व्यवसाय किन्दा, क्रेडीट कार्ड लिँदा वा कुनै सेवा खरिद गर्दा कुनै पनि हालतमा जमानी बस्ने काम गर्दै नगर्नुहोला । आफ्नो नाक काटेर अर्काको अंग टाल्न खोज्दा तपाईंको क्रेडीट र फाइनान्सियल रेकर्ड बर्बाद होला । हेक्का रहोस कि तपाईंको क्रेडीट वा फाइनान्सियल रेकर्ड एक पटक मात्र पनि डामाडोल भयो, एउटा एकाउन्टमा ढिला पेमेन्ट भयो वा पेमेन्ट समयमै पुगेन र त्यसले तपाईंको क्रेडीटमा रिपोर्टिङ भई हिट गर्यो भने यु आर डन इन अमेरिका ।

घर किनवेचको मामलामा पनि फस्ने र फसाइने त्यतिक्कै काम हुने गरेका छन् । त्यो पनि नेपालीले नेपालीलाई नै । घर किन्ने ग्राहक नमिलेपछि चिनाजानेकै नजिकको सोझो परिवारलाइ ५०५ डाउनपेमेन्ट गराइ काम न काजको जग नै मक्कि सकेको घर भिराइदिएछ नेपालि घर जग्गा दलालले अमेरिकामा । अहिले रुवाबासी छ ती सोझा परिवारको । बाँकी ५०५ को किस्ता तिर, घरको मर्मत रिपेयरमा खर्च गर्दै जाउ भनेपछि घर टिकाइराख्न धौ धौ परेपछि कसरी  उमुक्ति पाइएला ? घरको डाउन पेमेन्ट गरिएको रकम मात्रै आए पनि बाँकी एक बर्षसम्म तिरेको मोर्गेज पेमेन्ट बरु ठीकै छ सहुँला, मानौंला कि घर भाडामा नै बसेको र भाडा तिरेको भनी आफैंलाई चित्त बुझाउँला भन्दैछन् उक्त परिवार । 

मैले सोधें– घर किन्नुपूर्व घरको अवस्था, जग, घरको सबै भागको  बारेमा बाहिरी प्रोफेसनल घर इन्स्पेक्सन गर्ने कम्पनी वा व्यक्तिको सिफारिसमा उपयुक्त भएको ठहर गरी मर्मत गर्नुपर्ने भए, घर कुनै जोखिममा नभएको रिपोर्टका आधारमा मोर्गेज कम्पनीले लोन प्रोसेस गर्ने गर्दछ । तर, भैदिएछ के भने उक्त घर जग्गा पोख्त दलालको घर इन्सपेक्सन गर्ने व्यक्ति आफन्त दलाल रहेछ । गलत रिपोर्ट गरी दलालले घर खरिदमा फोर्स गरी किनायो । विचरा सोझा ती परिवार अहिले इन्तु न चिन्तुको अवस्थामा छन् । मैले अर्को हप्ता तिर फोन गर्नु भनेको छु ।  अब उक्त दलाललाई सबक सिकाई ती सोझा परिवारको उद्धार  या त कानुनी ठगीमा कानुनी प्रक्रिया अघि बढाइनेछ । यस्तो अवस्थामा अन्य व्यावसायिक अमेरिकन रियल स्टेट ब्रोकरहरु मार्फत ती परिवारको राहतका लागि केही दिन समय निकाल्ने कोशिसमा छु । 

घर किन्दै हुनुहुन्छ र केहि कुरा बुझ्नु भएको छैन भने सिधै फोन गर्नुहोला ।  तपाइँलाई उचित सुझाव र सल्लाह मार्फत उक्त सोझा परिवार झैं नफस्न सजग गराइदिने छु । त्यसैले आफ्नै नेपाली दलाल घर जग्गा ब्रोकरहरुसंग सजग रहनु होला । स्वास्थ्य बीमाका नाममा बर्बाद बनाइदिए आफ्नै दाजुभाइ दिदिबहिनी बाआमाहरुलाई यिनै नेपाली भनाउँदा दलाल एजेन्टहरुले । यस खाले दलाली र ठगीको भेद खुलेपछि तिनै दलालहरु अन्य माध्यमबाट तपाइँलाई भुलभुलैयामा पारेर तपाइँको आर्थिक एवं घरायसी डामाडोल बनाउन सक्रिय छन् । यस्ता प्रवृत्तिबाट सचेत हुनुहोला । ती दलाल विविध लोभ लालच देखाई तपाइँ कहा आए सिधै तिनका हुलिया र नाम र तिनका ठगी यता टिपाइदिनु होला । तपाइँलाई सजग बनाउने, उचित सल्लाह दिने र ठगबाट बच्ने उपायका विषयमा कुनै कसर बाँकी राखिने छैन ।

अमेरिका नेपाली गाडी खरिद

विशेष