मुख्य समाचार

सुर्खेतको एमाले मोडमा बस दुर्घटनाः एकको मृत्यु, २७ जना घाइते

सुर्खेतको एमाले मोडमा बस दुर्घटनाः एकको मृत्यु, २७ जना घाइते

सुर्खेत । सुर्खेतमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । जाजरकोटबाट नेपालगन्जको लागि छुटेको ना ४ ख ९३२७ बस भेरीगंगा नगरपालिका सुर्खेतको रत्न राजमार्गको हर्रे र बबईकोबीचमा पर्ने एमाले मोडमा बस दुर्घटना हुँदा एक जना महिलाको ज्यान गएको हो । दुर्घटनामा २७ जना यात्रु घाइते भएका छन्।  

मुतक महिलाको सनाखत हुन बाँकी रहेको छ। सुर्खेत प्रहरीका अनुसार बस विहान ३ बजे तिर दुर्घटना परेको हो ।

उद्दारको लागि इलाका प्रहरी कार्यालय छिन्चु प्रहरी कार्यालय बबई र हेर्रे चेकपोष्टबाट र  नेपाली सेनाको टोली उद्दारमा खटिएको प्रहरीले जानकारी दिएको छ। विस्तृत विवरण आउन बाँकी  रहेको छ । 

सुर्खेत बस दुर्घटना एमाले मोड

विशेष