सुर्खेत बस दुर्घटनाः मृतकको संख्या ३ पुग्यो (अपडेट)

सुर्खेत । जाजरकोटबाट नेपालगन्जको लागि छुटेको बस सुर्खेतमा दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३ पुगेको छ ।
ना ४ ख ९३२७ बस भेरीगंगा नगरपालिका सुर्खेतको रत्न राजमार्गको हर्रे र बबईकोबीचमा पर्ने एमाले मोडमा बस दुर्घटना हुँदा मृतकको संख्या ३ पुगेको हो ।
घटनामा २७ यात्रु घाइते भएका छन्। दुर्घटनामा परेर घाइते भएका मध्ये २४ जनालाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमामा ल्याइएको छ ।
उपचारका लागि नेपालगञ्ज ल्याउँदै गर्दा बाटोमै २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ भने एक जनाको घटनास्थलमै मृत्यु भएको हो। मृतकको सनाखत अझै भइ सकेको छैन।
सुर्खेत बस दुर्घटना