आजको मौसमः मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने मौसमविद्ले बताएका छन् ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशभर दिनभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै राति पनि देशभर आंशिकदेखि सामान्य बदली भइर केही स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद्ले बताएका छन् ।
हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ । काठमाडौं उपत्यकाका केही स्थानमा घाम लागेको छ । तर दिउँसो आंशिकदेखि सामान्य बदली हुने विभागले जनाएको छ ।
मौसम मौसम पूर्वानुमान महाशाखा वर्षा