राशिफल

हेर्नुस्, कस्तो छ आज तपाइको राशिफल?

हेर्नुस्, कस्तो छ आज तपाइको राशिफल?

वि.सं.२०७६ साल भाद्र १२ गते । बिहीबार । ईश्वी सन् २०१९ अगष्ट २९ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । भाद्र कृष्णपक्ष । तिथि चतुर्दशी, ३२ घडी २६ पला, बेलुकी ०६ बजेर ४४ मिनेट उप्रान्त औंशी । 

मेषः पढाई लेखाई बिभिन्न कारणले अस्तव्यस्त रहने तथा तत्काल सुधार गर्न नसकिने हुँदा अरुभन्दा पछि परिने छ । सर्बसाधारण सहयोग नगर्ने हुँदा राजनीति तथा समाजसेवामा पनि आजको दिन लाग्ने समय छैन । स्वास्थ्य सम्बन्धि समस्या आउने योग रहेको छ ।

बृषः न्यायिक निर्णय तथा कानुनी फैसलाहरु तपाइ पक्षमा आउने छन् । भाग्यले साथ दिने हुनाले थोरै लगानीबाट मनग्गे आम्दानी गर्न सकिने छ । आन्तरिक व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।

मिथुनः आम्दानीभन्दा खर्च बढ्ने हुनाले आर्थिक व्यावस्थापन गर्न गाह्रो हुने छ । कारोबार गर्दा ध्यान दिनुहोला । सापटी लगेको तथा लिनेहरुले नफर्काउनाले काम गर्न गाह्रो हुने छ । प्रणय सम्बन्ध चिसिने अधिक सम्भावना रहेको छ । 

कर्कटः खानपानमा ध्यान दिनुहोला । स्वास्थ्यमा समस्या आउँन सक्छ । अध्ययनमा ध्यान जाने छैन । विभिन्न अवसर आए पनि निर्णय क्षमताको अभावले अरुभन्दा पछि परिने छ । प्रेममा धोका तथा घर परिवारमा आफन्तसँग घरायसी कुरामा विवाद हुने छ । 

सिहंः व्यवसायमा समय दिन सकिने छैन । सोचेजस्तो आम्दानी नहुँदा दैनिक खर्च जुटाउन मुस्किल पर्नेछ । समय प्रतिकूल बन्नेछ । यहिबेलामा आय आम्दानीका बाटाहरु साँघुरा हुने छन् । लामो दुरीको विदेश यात्राको प्रशस्त सम्भावना छ ।

कन्याः प्राकृतिक स्रोत तथा पैत्रिक सम्पतिको प्रयोग गरि मनग्गे धन आर्जन गर्न सकिने छ । अध्ययनमा अरुभन्दा अग्र स्थानमा तपाइको नाम आउनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित काममा विशेष रुचि बढ्नेछ ।

तुलाः नयाँ काम पाउँने तथा व्यवसायमा लगानी गरि रोजगारिका अवसर सिर्जना गर्न सकिने छ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट पद प्रतिष्ठा पाउँने योग रहेको छ । प्रेममा सामिप्यता बढेर जाने छ ।

बृश्चिकः निति नियमको बेवास्ता गर्दा राज्यलाई दण्ड तथा जरिवाना तिर्नुपर्ने हुनसक्छ, सचेत रहनुहोला । बनेका योजनाहरु बौद्धिकताको कमिले लागू गर्न नसक्दा बन्न लागेका कामहरु अलपत्र हुनेछन् । धार्मिक तथा तिर्थ स्थलको यात्रा गरि मनलाई शान्त पार्न सकिने छ ।  

धनुः आम्दानीको तुलनामा खर्च अधिक हुने हुँदा दैनिक गुजार गर्न गाह्रो हुनेछ । व्यवसायमा भनेजस्तो आम्दानी नहुने हुँदा तिर्नु पर्ने ठाउँमा रकम दिन नसक्दा मन खिन्न हुनेछ ।

मकरः भौतिक सम्पति तथा सवारी साधनको प्राप्तिको गतिलो योग रहेको छ । नोकरीका सुगम स्थानमा स्थानान्तरण हुनेछ  । जीवनसाथीको सहयोग महत्वपूर्ण कामहरु समयमा सम्पादन हुने हुँदा मन प्रशन्न रहने छ ।

कुम्भः व्यवसाय फस्टाएर जाने छ भने नयाँ ठाउमा लगानी गर्ने अवसर आउने छ । मायाप्रेम तथा दाम्पत्य जीवनको गाठो झन् बलियो भएर जाने छ । कुरा काट्नेहरु प्रशंसा गर्दै हिँड्नेछन् । खोजमुलक क्षेत्रमा रुचि बढ्नेछ ।  

मीनः परिवार तथा सन्तानबाट तपाइले गरेको काममा असहयोग हुनेछ  । व्यापारमा लगानी नबढाउँदा राम्रो हुने छ । प्रेममा विश्वासको वातावरण बढेर जानेछ  । पेट सम्बन्धि समस्याले सताउने छ । 

राशिफल

विशेष