खेल

यू–१५ साफ च्याम्पियनसीपः फाइनल पुग्न भुटानसँग भिड्दै नेपाल

यू–१५ साफ च्याम्पियनसीपः फाइनल पुग्न भुटानसँग भिड्दै नेपाल

काठमाडौं । भारतमा भइरहेको पाचौं यू–१५ साफ च्याम्पियनसीप फुटबलमा आज नेपाली युवा टिम भुटानविरुद्ध खेल्दैछ । आज दिउँसो हुने खेलमा भुटानलाई हराए नेपालले प्रतियोगिताको फाइनल यात्रा तय गर्ने छ ।

बलियो प्रतिद्वन्द्वी बंगलादेशलाई ४–० ले पराजित गर्दै फाइनलको सम्भावना कायम राखेको नेपालका लागि आज भुटानविरुद्धको खेल निर्णायक हुनेछ । भारतको कल्याणी रंगशालामा जारी प्रतियोगिताकै कमजोर टिमका रुपमा रहेको भुटानविरुद्ध  नेपाल निश्चित जीतको खोजिमा  छ । 

प्रतियोगितामा जीतविहिन रहेको भुटान प्रतियोगिताको सुखद अन्तको लक्ष्यमा रहने छ । तर उसका लागि नेपालाई हराउन भने सहज छैन। प्रतियोगिताको अंक तालिकामा नेपाल ३ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। 

राउण्ड रोविनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्ने छन्। भारतसँग पहिलो खेलमा ५–० ले हारे पनि नेपाल दोस्रो खेलमा श्रीलंकालाई २–० ले हराएर खेलमा फर्किएको थियो। अन्तिम खेलमा बंगलादेशले भारतविरुद्ध बिहीबारनै प्रतिष्पर्धा गर्दै छ। 

नेपाल भर्सेस भुटान यू–१५ साफ च्याम्पियनसीप

विशेष