खेल

नेपालले टस जित्यो, श्रीलंकालाई बलिङको मौका

नेपालले टस जित्यो, श्रीलंकालाई बलिङको मौका

काठमाडौं । एसिसि एसिया कपको तयारीमा रहेको नेपाली यू–१९ क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा बडुरलिया सिसिविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ । पहिलो अभ्यास खेलमा एसएससी यू–२३ क्रिकेट क्लबसँग ढिला गरि सुरु हुँदा ४२ ओभरमा झारिएको खेल आज भने पूरा ५० ओभर हुनेछ ।

पहिलो अभ्यास खेलमा अन्तिम बलमा क्याच समात्न नसक्दा एसएससी यू–२३ क्रिकेट क्लबसँग नेपाल ३ विकेटले पराजित भएको थियो । सातापछि श्रीलंकामा हुने एसिया कपको लागि नेपाल दुई अभ्यास खेल खेल्ने लक्ष्यसहित गत ७ गते श्रीलंका पुगेको छ ।

एसिया कप यहि १९ गतेदेखि २८ गतेसम्म सम्म चल्नेछ । नेपाल समूह बी मा छ । नेपाल रहेको समूहमा टेष्ट राष्ट्र श्रीलंका,बंगलादेश र युएई छन् । समूह ए मा भारत,पाकिस्तान,अफगानिस्तान र कुवेत छन् । समूहका शीर्ष दुई–दुई टोली अन्तिम चारमा पुग्नेछन् ।

नेपाल भर्सेस श्रीलंका अभ्यास खेल

विशेष