खेल

श्रीलंकासँगको दोस्रो खेलमा नेपालको खराब प्रदर्शन

श्रीलंकासँगको दोस्रो खेलमा नेपालको खराब प्रदर्शन

काठमाडौंः एसीसी एसिया कपको तयारीमा रहेको नेपाली यू–१९ क्रिकेट टोलीले बडुरलिया सिसिविरुद्धको दोस्रो अभ्यास खेलमा खराब सुरुवात गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको नेपालले सस्तैमा २ विकेट गुमाइसकेको छ । नेपालले पहिलो विकेटका रुपमा पवन सराफलाई शून्य रनमा गुमाउँदा अघिल्लो खेलमा उत्कृष्ट प्रदर्शन गरेका आशिफ शेख १४ रनमा आउट भए । यो समाचार तयार पार्दासम्म नेपालले २ ओभरमा २ विकेट गुमाएर २० रन बनाएको छ । 

पहिलो अभ्यास खेलमा एसएससी यू–२३ क्रिकेट क्लबसँग ढिला गरि सुरु हुँदा ४२ ओभरमा झारिएको खेल आज भने पूरा ५० ओभर हुँदैछ ।

पहिलो अभ्यास खेलमा अन्तिम बलमा क्याच समात्न नसक्दा एसएससी यू–२३ क्रिकेट क्लबसँग नेपाल ३ विकेटले पराजित भएको थियो । सातापछि श्रीलंकामा हुने एसिया कपको लागि नेपाल दुई अभ्यास खेल खेल्ने लक्ष्यसहित गत ७ गते श्रीलंका पुगेको छ ।

एसिया कप यहि १९ गतेदेखि २८ गतेसम्म सम्म चल्नेछ । नेपाल समूह बी मा छ । नेपाल रहेको समूहमा टेष्ट राष्ट्र श्रीलंका,बंगलादेश र युएई छन् ।

समूह ए मा भारत,पाकिस्तान,अफगानिस्तान र कुवेत छन् । समूहका शीर्ष दुई–दुई टोली अन्तिम चारमा पुग्नेछन् ।

नेपाल भर्सेस श्रीलंका एसीसी एसिया कप

विशेष