पशुपन्छी पनि संगीतमा रमाउँछन्
संगीत दुनियाँका हरेक मानिसलाई मन पर्छ । त्यसैले यसका पारखीहरु भन्छन्– ‘संगीतमा मनलाई शान्त पार्ने रस मात्र होइन, आँसुलाई सुकाउने जादू पनि हुन्छ ।’ मानिस त के पशुपन्छीलाई पनि संगीत मन पर्छ । डल्फिन त झन् संगीतको सम्मोहनमा लठ्ठ पर्छ । त्यसैले त चाल्र्स डार्विनले भनेका छन्– ‘दैनिक जीवनमा पशुपन्छी धेरै अघि छन् । हामीले त केवल उनीहरुप्रति गहिरो चासो राख्ने हो ।’ मानिसजस्तै पशुपन्छी संगीतमा नाच्ने गर्छन् ।
यस क्रियामा भाले बढी सक्रिय हुन्छ । भाले नाच्नुको उद्देश्य पोथीलाई आफूप्रति आकर्षित गर्नु हो । यसैको चरम सीमा यौन क्रीडामा रुपान्तरण हुने गर्छ । नाच्ने पन्छीहरुमा सबैभन्दा उत्तम नर्तक मयूर हो । भाले मयूर आकाश गड्याङगुडुङ गर्यो भने वा मौसम सफा भएका बखत प्वाँख फिँजाएर नाच्न थाल्छ । यसखाले नृत्यको अर्थ पोथीलाई प्रेमको संकेत दिनु हो । मयूरको यौन क्रिडा अरुको भन्दा नितान्त फरक छ । भाले पोथी देखेर मोहित हुँदा नाच्दानाच्दै वीर्य स्खलन हुन्छ । त्यही टिपेर खाँदा पोथी मयुर गर्भवती हुन्छे ।
चराहरुमा सर्वश्रेष्ठ नाच्ने चरा पपुवान्यूगिनीको राष्ट्रिय चरा ‘बर्ड अफ प्याराडाइज’ हो । यो संसारकै सर्वाधिक महँगो चरा पनि हो । यसको प्वाँख सुनजत्तिक्कै महँगो हुन्छ । जब यो नाच्न थाल्छ, विवाहोत्सवमा सजिएजस्तै देखिन्छ । भाले नाच्न थाल्छ, अनि पोथी पनि नक्कल गर्दै नाच्न थाल्छे । यो चरा न्यूजिल्याण्डतिर पनि पाइन्छ । चराहरुमा सर्वाधिक ठूलो अष्ट्रिच हो । पोथीलाई आकर्षित गर्न यो पनि अनौठोसंग नाच्ने गर्छ । यसले एउटा खुट्टाले उभिएर नाच्ने गर्छ । यसरी नाच्दा कहिलेकाहीँ त खुट्टा पनि भाँचिन सक्छ ।
जबसम्म पोथी खुशी हुँदैन, तबसम्म कुनै पर्वाह नगरी यो नाचिरहन्छ । ढुकुर तथा परेवा पनि आफ्नो जोडीलाई खुशी पार्न ज्यान फालेर नाच्छन् । यहाँसम्म कि चिप्लेकिरा जो आलस्यपनको नमूना मानिन्छ, त्यो पनि असाध्य राम्रो नाच्ने नृत्यकार मानिन्छ । जब यो बुढो हुँदै जान्छ , तब यो स्त्रीप्रति आशक्त हुँदै जान्छ । पोथी खुशी पार्न लयवद्ध नृत्य गर्न रुचाउँछ । पोथीको यौन इच्छा जागृत गराउन दायाँबायाँ अघिपछि घुमीघुमी नृत्य गर्दछ ।
त्यसो त सबैभन्दा नर्तक जीव उद्विलाप हो ।
यो जन्मेदेखि नमरुन्जेल नृत्य गरिरहन्छ । नाचेरै यसको सम्पूर्ण जिन्दगी वित्दछ । जब भाले उद्विलापलाई पोथीको सम्झना आउँछ, ज्यान फालेर नाच्न शुरु गरिहाल्छ । तर पोथी उद्विलाप भने वास्ता नगरेको अभिनय गर्छे । यद्यपि चोरी आँखाले भालेको नृत्य हेर्ने गर्छे । पोथीको मन नजितेसम्म यो क्रम जारी रहन्छ ।
पोथी फकाउन भाले बिच्छू पनि सिपालु हुन्छ । भालेले पोथीको हात पक्रेर लामो समयसम्म नाच्छन् । जब नृत्यमा सरगर्मी आउँछ, अनि यिनीहरु प्रेमालापमा लीन हुन्छन् । माकुरो पनि पोथीलाई नाचको माध्यमबाट सजिलै फसाउँछ । पोथीको हृदय जित्न भाले माकुरो यसरी नाच्छ कि भाले माकुरोको शिरमा पोथीले सेतो तरल पदार्थ छाड्छे । त्यसको गन्धले भाले झन्झन् उत्तेजक बन्दै जान्छ । त्यसो त बाँदर, भालु नाचेको दृश्य नौलो होइन ।
हिमाली भालु त झन् अचम्म पाराले नाच्ने गर्छ ।
यस नृत्यको लागि भालुले पोथीलाई पानीमा धकेल्छ । केही छिनपछि आफू पनि पस्छ । दुवै घाँटीसम्म शरीर डुबाएर पानीभित्र बसिरहन्छन् । तिनीहरुको टाउको पानीमा बगिरहे जस्तो देखिन्छ । दुबै थकित भएपछि पाखामा आई एकअर्काको कुममा टाउको राखेर आराम गर्छन् । प्रेमक्रीडामा सर्प पनि रोमाञ्चक नृत्य गर्छ । भाले, पोथी सर्प प्वालबाट आफ्नो टाउको बाहिर निकालेर शरीर बराबर हल्लिरहन्छ । नाचिरहेका बखत सर्पका अघिल्तिर जानु एकदमै खतरनाक हुन्छ । यसरी हेर्दा संगीत सम्मोहन कला मात्र नभएर भाले पोथी नजिक्याउने सेतू पनि हो ।
संगीत मयुर