स्वास्थ्य

जलवायु परिवर्तनका कारण १० देशमा देखिएको डेंगु ३० देशमा पुग्यो

जलवायु परिवर्तनका कारण १० देशमा देखिएको डेंगु ३० देशमा पुग्यो


काठमाडौँ । जलवायु परिर्वतनका कारण विश्वमा विभिन्न चुनौती मात्र थपिएको नभई विभिन्न नयाँ नयाँ रोग पनि देखिँदै गएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहीबार राजधानीमा गरेको स्वास्थ्य प्रणालीमा सुधार विषय अन्तरक्रियामा स्वास्थ्य समन्वय महाशाखाका प्रमुख महेन्द्र श्रेष्ठले जलवायु परिर्वतनका कारण नयाँ नयाँ रोगहरुको प्रकोप बढ्दै गएको बताए ।

सीमित मुलुकमा देखिँदै आएको डेंगु दश वर्षभित्र विश्वका तीस वटा मुलुकमा पुगेको मन्त्रालयले जनाएको छ । सन् २००४मा नेपालको चितवनमा देखिएको डेंगुको समस्या अहिले छ वटा प्रदेशका बयालिस जिल्लामा पुगेको तथा कालाजार र औलोको समस्या पनि पुनः देखा परेको छ ।

जलवायु परिवर्तका कारण विश्वभर नै मानवीय स्वास्थ्यका क्षेत्रमा चुनौति थपिँदै गएको छ । जलवायु परिर्वतनका कारण पछिल्लो १९ वर्षमा विश्वभर विभिन्न २१ वटा नयाँ रोगहरु देखा परेका छन् ।
 

जलवायु परिर्वतन डेंगु

विशेष