भुटानमाथि नेपालको शानदार जित, भुटान ६–० ले पराजित
काठमाडाैँ । साफ यू–१५ च्याम्पियनसिपमा नेपाल फाइनल प्रवेश गरेको छ । भारतको कल्याणी रंगशालामा भुटानविरुद्ध ६–० को जित निकाल्दै नेपाल फाइनल प्रवेश गरेको हो । उपाधिका लागि नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने छ ।
तालिकमा ९ अंक जोडेको भारत शीर्ष स्थानमा छ भने हेड टु हेडका आधारमा नेपाल दोस्रो स्थानमा छ । यसैगरी आजै दिउँसो भारत र बंगलादेश भिड्दै छन् । नेपाल बंगलादेशविरुद्ध हेड टु हेडका आधारमा पछि रहेकाले भारतलाई पराजित गरेमा पनि नेपाललाई असर गर्ने छैन ।
पहिलो हाफमा २ गोल गरेको नेपालले दोस्रो हाफमा थप ३ गोल गरेको थियो । नेपालको जितमा प्रदीप लमसालले २ तथा निराजन खत्री, कृष सापकोटा र असिम राईले एक एक गोल गरेका थिए ।
पहिलो हाफको पाँचौं मिनेट प्रदीप लम्सालले पेनाल्टीमा गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए । यसैगरी नवौं मिनेटमा निराजन खत्रीले गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसपछि पहिलो हाफमा नेपालले गोल भने थप्न सकेन । दोस्रो हाफमा पनि नेपालले उत्कृष्ट खेल खेलेको थिया ।
४८ औं मिनेटमा प्रदीप लम्सालले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेका थिए । ७५ औं मिनेटमा असिम राईले गोल गर्र्दै नेपाललाई फराकिलो जित तर्फ अग्रसर बनाएका थिए । ८५ औं मिनेटमा कृष सापकोटाले गोल गर्दै नेपाललाई ६–० को जित दिलाउन सफल भए ।
साफ यू–१५ च्याम्पियनसिप नेपाल फाइनल