खेल

आज पनि श्रीलंकाविरुद्ध अभ्यास खेल खेल्दै नेपाल

आज पनि श्रीलंकाविरुद्ध अभ्यास खेल खेल्दै नेपाल

काठमाडौंः  श्रीलंका भ्रमणमा रहेको नेपाली यू–१९ टिमले आफ्नो तेस्रो अभ्यास खेलमा शुक्रबार त्यहाँको चिलाव मारियन्सविरुद्ध खेल्दै छ । खेल नेपाली समय अनुसार १०ः१५ बजेदेखि सुरु हुनेछ ।  

पहिलो अभ्यास खेलमा एसएससी यू–२३ सँग ३ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा भने बादुरेलिया सीसीविरुद्ध ८० रनको फराकिलो जीत हासिल गर्न सफल भयो । बादुरेलियामाथि सहज जीत हासिल गर्न ओपनर रित गौतम, हरिबहादुर चौहान र स्पिनर सागर ढकालले सानदार प्रदर्शन गरे ।  

सेप्टेम्बर ५ देखि १४ सम्म हुने एसीसी यू–१९ एसिया कप खेल्नुअघि नेपालले श्रीलंकाका विभिन्न क्लबसँग अभ्यास खेल खेलिरहेको हो । यू–१९ एसिया कपमा नेपाल रहेको समूह ‘बी’ मा २ टेष्ट राष्ट्र श्रीलंका, बंगलादेशसहित यूएई छ ।

समूह ‘ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् । नेपालले समूह चरण अन्तर्गत सेप्टेम्बर ६ मा घरेलु टोली श्रीलंका, सेप्टेम्बर ८ मा बंगलादेश र अन्तिम खेल सेप्टेम्बर १० मा यूएईसँग खेल्ने छ । समूह ‘बी’ मा शीर्ष दुईमा रहन सक्ने टिम सेमिफाइनलमा प्रवेश गर्नेछ । नेपाल भदौ ७ गते श्रीलंका प्रस्थान गरेको थियो । 

श्रीलंका भर्सेस नेपालः

विशेष