स्वास्थ्य

यस्ता छन् वीर्यसम्बन्धी रोचक तथ्य

यस्ता छन् वीर्यसम्बन्धी रोचक तथ्य

–वीर्यमै पुरुषको यौनकोष अर्थात् शुक्रकिट हुन्छ । वीर्य सृष्टिको अनिवार्य तत्त्व हो ।

–एक स्वस्थ पुरुषले आफ्नो जीवनकालमा सरदर १७ लिटर वीर्य स्खलन गर्छ । एकपटकको स्खलनमा वीर्यको मात्र झण्डै एक चिया जति हुन्छ, जसमा ५ देखि २५ क्यालोरी ऊर्जा हुन्छ । एक पटक स्खलन हुने वीर्यमा ३१ देखि ५१ करोड शुक्रकीट हुन्छन् । 

–वीर्यमा जिंक तथा क्याल्सियम हुन्छ । यी दुवै तत्त्वले दाँत सड्न दिँदैनन्, तर टुथपेष्टका रुपमा यसको प्रयोग भने युक्तिसंकत हुँदैन । 

–वीर्यस्खलनका बेला त्यसको औसत वेग ३१ माइल प्रतिघण्टा हुन्छ र औसत रुपमा यो ७ देखि ११ इन्च परसम्म पुग्छ । 

– वीर्यमै शुक्रकीट हुन्छ भन्ने शुक्रकीट ५ दिनसम्म बाँच्न सक्छ ।

–वीर्यमा मुड जगाउने विभिन्न रसायन हुन्छन् जसलाई महिलाको योनिले शोषण गर्नसक्छ । त्यस्ता रसायनमा सम्भोगका बेला सामीप्यता तथा आकर्षण बढाउने कोर्टिसोल, मन प्रफुल्ल तुल्याउने एस्ट्रोन तथा अक्जिटोसिन, डिप्रेसन कम गर्ने प्रोल्याक्टिन एवं निन्द्रा नियमित गर्ने मेलाटोनिन आदि प्रमुख छन् । 

–धूमपान गर्ने पुरुषको वीर्यको स्वाद नमिठो हुन्छ । धेरै बन्दा, काउली, ब्रोकाउली, कुरिलो, लसुन, प्याज, मासु तथा माछा खाने पुरुषको वीर्यको स्वाद पनि तीतो वा नुनीलो हुन्छ । वीर्यको स्वाद राम्रो बनाउन प्रशस्त पानी पिउनुका साथै फलफूल एवं सागपात पर्याप्त मात्रामा सेवन गर्नुपर्छ । यो जानकारी साप्ताहिकबाट लिइएको हो । 

रोचक वीर्य

विशेष