मनोरञ्जन

सलमानको फिल्मले सुटिङअघि नै कमायो १९० करोड भारु

सलमानको फिल्मले सुटिङअघि नै कमायो १९० करोड भारु

बलिउड अभिनेता सलमान खान र अभिनेत्री आलिया भट्ट अभिनित फिल्म इंशाअल्लाहले सुटिङअघि नै १९० करोड भारु कमाएको छ ।

संजय लिला भंसालीले यो फिल्मको थिएट्रिकल राइट्स १६५ करोड भारुमा बेचेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। सञ्चारमाध्यमका अनुसार यसबाहेक उनले प्रोमोशन र विज्ञापनका लागि २५ करोड भारु लिएका छन्। यसरी फिल्मको मूल्य १९० करोड भारु पुगेको छ। योसँगै फिल्मको डिजिटल र सेटलाइट राइट्सले पनि उच्च मूल्य पाउने आशा गरिएको छ ।

यो फिल्ममा भंसाली र सलमान खान दुई दशकपछि सँगै काम गर्दैछन्। फिल्म सन् २०२० मा रिलिज हुनेछ र चाँडै नै यसको सुटिङ सुरु हुँदैछ।

सलमान खान आलिया भट्ट इंशाअल्लाह

विशेष