आनन्द अरुणलाई ओशोले नै कारबाही गरेका थिए (कारबाहीको पत्रसहित)
स्वामी देव सुन्दर
अध्यात्मिक गुरु भगवान श्री रजनीशको आश्रम दिनदिनै सानो हुँदै गएको थियो । उहाँको प्रवचन सुन्न र सन्यासी भएर सँगै जीवन बिताउन संसारभरबाट आउनेहरुको भिड बढ्दै गएको थियो । भगवान पनि आफ्ना सन्यासीहरुलाई साथमै राख्न चाहनुहुन्थ्यो । भगवान रजनीशको सचिव माँ लक्ष्मी भारतभर उपयुक्त ठाउँ खोजिरहनु भएको थियो तर माँ आनन्द शीला भारतबाहिर ठाउँ खोज्दै हुनुहुन्थ्यो । भारतको कुनै त्यस्तो ठाउँ भगवान श्रीलाई मन परेन ।
अन्ततः माँ आनन्द शीलाले खोजेको अमेरिकाको ओरेगनस्थित वास्को काउन्टीमा १० हजार एकडमा फैलिएको पहाड ओशोलाई मन पर्यो ।
भगवान श्री रजनीशको आदेशमा शीला बम्बई पुगिन् । र अमेरिका जाने पर्यटक भिषाको व्यवस्था गरिन् । माँ योग लक्ष्मीको ठाउँ भगवान श्रीको सचिव भएर माँ आनन्दा शीला अचानक ०१ जुन १९८१ साँझमा रजनीशसँगै बोइङ ७३७ बाट अमेरिका उडिन् । पुना आश्रमका कसैले रजनीशले भारत छाड्नु भएको थाहा पाएनन् । रातको समयमा उहाँको प्रस्थान गोप्य राखिएको थियो ।
माँ आनन्द शीला भन्छिन्, ‘अध्यात्म जगतको एउटा विराट वृक्षलाई अमेरिका लगेर संसार भर फैल्याउनु थियो । त्यो महत्वपूर्ण कार्यका लागि मलाई ओशोले ‘अनकन्डिन्सनल पावर अफ अथोरिटी’ दिनु भएको थियो ।
संसारभरका रजनीश भक्तहरुको उडान पहाडमा भिड
वास्को काउन्टीको त्यो उजाड भूमि दुई चार वर्षको मेहनतपछि आफ्नै विमानस्थलसहित भव्य सहरमा परिणत भयो । जसरी पाण्डवहरुले उजाड बञ्जर खाण्डवप्रस्थलाई इन्द्रप्रस्थमा रुपान्तरण गरेका थिए, त्यसै गरी त्यो भूमि रजनीशपुरम्मा परिणत गरियो । त्यो भव्य सहरको मेयरसमेत ओशो सन्यासी भए । भगवान रजनीश मौन बस्नु हुन्थ्यो । माँ आनन्द शीला बाहेक कसैसँग भगवानको भेट नहुन थाल्यो । त्यसपछि सुरु भयो माँ शीलाको आतंक ।
स्थानीय अमेरिकी प्रशासनसँग दोहोरो भिडन्त जस्तो हुन थाल्यो । रजनीशपुरम्मा घरबारविहीन अमेरिकीहरुलाई आश्रय दिइयो । सुरक्षाकर्मी र हरियारसमेत रजीनशपुर्ममा भित्रियो । यस्ता घटनाले अमेरिकी प्रशासनले निगरानी बढायो । रजनशीका लागि अमेरिका बस्ने अनुमति पत्र बनिसकेको थिएन । रजनीशको अध्यात्मिक विचारलाई अमेरिकाले धर्मको रुपमा स्वीकार गरेन । यसपछि ‘रजीनसिज्म’ नामक धार्मिक ग्रन्थका रुपमा एक पुस्तक प्रकाशन भयो र ससारका धेरै देशमा उक्त धर्मका प्रमुखका हैसियतले वोधिसत्वहरुको नियुक्ति भयो । माँ आनन्द शीलाको निकट भएको नाताले नेपालका अरुणकुमार सिंहले पनि वोधिसत्वको उपाधि हात पार्न सफल भए ।
त्यो बेला नेपालको पोखरामा रजनीश कम्युन थियो, जसको प्रमुख थिए भारतीय सन्यासी स्वामी योग चिन्मय । रजनीश अमेरिका हिँडेपछि गुरुकै आदेशमा स्वामी योग चिन्मय नेपाल आएका थिए, पछि गुरु अमेरिकाबाट फर्किएपछि उनी आश्रम छाडेर पुना फर्किए । लोभीपापी नेपाली सन्यासीहरुको विवादले गर्दा १९८६ मा नेपाल आउँदा पनि भगवान पोखरा कम्युन जानु भएको थिए, सोल्टी होटलबाटै फर्किनुभयो ।
माँ आनन्द शीला भागेर जर्मनी पुगिन्
स्थानीय अमेरिकीहरु र त्यहाँका सन्यासीहरु शीलाको क्रियाकलापबाट रुष्ट थिए । उनका केही सहयोगीहरुका साथ ४० मिलियन डलर लिएर शीला जर्मनी भागिन् । त्यो घटनापछि भगवान रजनीशी मिडियामा आएर बोल्न थाल्नु भयो । आश्रम भित्रका यौनकाण्ड, सन्यासीहरुलाई खानामा विष मिसाएर खुवाएको, हातहतियार राखेको र ४० मिलियन हिनामिना गर्नेविरुद्ध कारबाहीका लागि रजनीशले अमेरिकी प्रशासनसमक्ष अनुरोध गर्नुभयो । अमेरिकी प्रशासनले कारबाही नगरे आफैले कारबाही गर्ने भनेर चुनौती पनि दिनुभयो ।
अमेरिका बस्ने स्थायी अनुमतिका लागि ‘रजनिसिज्म’ नामक पुस्तक छापिएको थियो । शीलाको प्रकरणले त्यो प्रयास असान्दर्भिक भइसकेको थियो । त्यसपछि भगवान रजनीशले पुस्तक जलाउनू भन्ने निर्देशन दिनुभयो । त्यसपछि सो पुस्तक जलाउन थालियो । रजनीशपुरम्ममा पुस्तक जलाएको भिडियो अहिले पनि हेर्न सकिन्छ ।
नेपालमा ओशो आशिष ध्यान केन्द्र पुल्चोकमा थियो । त्यहाँका स्वामी गोविन्दनारायण भारतीलगायत सन्यासीहरुले रजनीशको निर्देशनअनुसार पुस्तक जलाएका थिए ।
रजनीशपुरम्बाट भगवानको हस्ताक्षर भएको पत्रसमेत प्राप्त भएको थियो । जसमा वोधिसत्वको औचित्य समाप्त भएकोले अब पहिले भनिएका कामहरु नगर्नूभन्ने स्पष्ट निर्देशन थियो । त्यो पत्र आनन्द अरुणका लागि पनि पठाइएको थियो, जहाँ अरुणको नाम पनि छ । जुन २७, १९८४ मा भगवान रजनीशको हस्ताक्षर भएको पत्रमा आनन्द अरुलाई ओशोको नाम अनुमति नलिई ध्यान केन्द्र नखोल्नू भनिएको छ । तर अहिले आनन्द अरुणले सञ्चालन गरिरहेको ध्यान केन्द्रको नाम हो–ओशो तपोवन ।
त्यही बेला नै अरुणको महत्वाकांक्षा र अवसरवादी चरित्रबाट भगवान रजनीश पूर्ण जानकार हुनुहुन्थ्यो । त्यही भएर अरुणलाई ओशो सम्बन्धी कुनै पनि प्रकारको क्रियाकलाप गर्नबाट रोक लगाइएको थियो । यस्तो रोक भगवान अमेरिकामा हुँदै गर्दा लागेको थियो ।
यो घटनापछि अरुणलाई भगवान ओशोले नै कारबाही गर्नुभएको थियो । तर अरुण अहिले अर्कै कुरा गरेर मानिसहरुमा भ्रम छर्छन् । उनी भन्ने गर्छन कि – पुना आश्रमका सञ्चालकहरुले मलाई त्यहाँ जान रोक लगाएका हुन् । वास्तवमा १९८५ मै भगवान रजनीशले नै अरुणलाई कारबाही गर्नुभएको थियो ।
भगवान रजनीशले असान्दर्भिक भइसकेको ‘वोधिसत्व’ आफ्नै जीवनकालमा खारेज गरिसक्नु भएको थियो । तर अरुण अझै पनि आफूलाई वोधिसत्व भनेर प्रचार गर्छन् । ओशोले दिनुभएको पद, उहाँले नै खारेज गरिसक्नु भएको थियो । तर उहाँ मानिसहरुमा भ्रम छर्न त्यो ‘वोधिसत्व’ छाड्दै छाड्नु हुन्न ।
यसबाट नेपालका ओशो सन्यासीहरुको बद्नामी भएको छ । ओशोले खारेज गरिसक्नु भएको उपाधि अहिले पनि अरुणले धारण गरेर हिँड्छन् ।
आज अरुणसँग आम मानिसहरुले ओशो र ध्यानका बारेमा भन्दा
वन क्षेत्र किन कब्जा गरेको ?
कर छली किन गरेको ?
महिला हिंसा के हो ?
आदि प्रश्न गर्छन् । अरुण पनि झुठो प्रचार गर्न विभिन्न मिडियाको सहारा लिइरहेका छन् ।
७५ वर्ष केटका अरुण आफ्ना १ लाख सन्यासी रहेको दावी गर्छन् । संसारका ५ लाख मानिसले आफूले जे बोले पनि पत्याउने घमण्ड गर्छन् । ओशोको नाम प्रयोग गरेर ओशोको सिद्धान्तभन्दा बाहिर गएर छुट्टै धार्मिक सम्प्रदाय खोलेर ओशोप्रेमी जनमानसमा भ्रम छर्ने काम गरिरहेका छन् ।