खेल

ग्लोबल टि–२० लिगः गेलको शानदार प्रदर्शनमा नाइट्स विजयी

ग्लोबल टि–२० लिगः गेलको शानदार प्रदर्शनमा नाइट्स विजयी

काठमाडौं । ग्लोबल टि–२० क्यानडा लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा क्रिस गेलको  टिम विजयी भएको छ । एडमोन्टन रोयल्सलाई ६ विकेटले हराउँदै क्रिस गेलको भंकाकुर नाइट्स विजयी भएको हो । जीतमा कप्तान गेलको शानदार प्रदर्शन रह्यो । एडमोन्टले दिएको १६६ रनको लक्ष्य पछ्याएको नाइट्सले १६.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

 

उसका लागि गेलले ९ छक्का र ६ चौकाको मद्दतमा ४४ बलमा ९४ रनको विष्फोटक प्रदर्शन गरे । यस्तै चडविक वाल्टसनले १७, सायव मलिकले नटआउट ३४, डानियल साम्सले अविजित १६ रन बनाए । बलिङमा रोयल्सका बेन कटिङले ३ र मोहम्मद अफिजले एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङको मौका पाएको रोयल्सले निर्धाति २० ओभरमा ९ विकेट गुमाएर १६५ रन बनायो । उसका लागि बेन कटिङले ७ छक्का र ३ चौकाको मद्दतमा ४१ बलमा ७२ रन बनाए । 

 

यस्तै मोहम्मद नवाजले ४०, जिमी नीशमले २८ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा नाइट्सका अलि खान, शादबिन जफर, ह्यादन वाल्सले २–२ र सोयब मलिकले एक विकेट हात पारे । अंक तालिकामा गेलको नाइट्सले ४ खेलमा २ मा जीत र एक खेलमा हार बेहोर्दै ५ अंकका साथ दोस्रो स्थानमा छ । एक खेल भने प्रतिकूल मौसमका कारण रद्द गरिएको थियो । यता रोयल्सले ४ खेलमा एक खेलमा पनि जीत हासिल गर्न सफल भएको छैन । 
 

टि–२० क्यानडा लिग क्रिस गेल भंकाकुर नाइट्स भर्सेस एडमोन्टन रोयल्स

विशेष