खेल

मेस्सीलाई तीन महिना प्रतिबन्ध

मेस्सीलाई तीन महिना प्रतिबन्ध

एजेन्सी । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई तीन महिनाको प्रतिबन्ध लगाइएको छ । उनीलाई तीन महिनासम्म अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाइएको हो । क्लब प्रतिस्पर्धामा भने मेस्सी सहभागी हुन पाउने छन् ।

गएको महिना ब्राजिलमा सम्पन्न भएको कोपा अमेरिका फुटबलको क्रममा मेस्सीले दक्षिण अमेरिकी फुटबलको प्रशासकीय निकाय (कोनमेबोल) ले आयोजना गरेको कोपा अमेरिका फुटबल भ्रष्ट रहेको बताएका थिए । सोही टिप्पणीका कारण मेस्सीमाथि तीन महिनाको प्रतिबन्ध लागेको हो ।

बार्सिलोनाका ३२ वर्षे कप्तान मेस्सीले कोपा अमेरिकाको तेस्रो स्थानका लागि चिलेसँगको भएको खेलको क्रममा रातो कार्ड पाएका थिए । सो खेलमा अर्जेन्टिना २–१ ले विजयी भएको थियो । उनले सो खेलपछि कोपा अमेरिका आयोजकहरु भ्रष्ट रहेको र कोपा अमेरिकाको उपाधि ब्राजिलका लागि ‘फिक्स’ गरेको आरोप लगाएका थिए ।

लियोनल मेस्सी प्रतिबन्ध

विशेष