मनोरञ्जन

बदनाम नेपाली पासपोर्ट, जापान पुगेकी फुलेन्देकी आमा विमानस्थलबाटै फिर्ता 

बदनाम नेपाली पासपोर्ट, जापान पुगेकी फुलेन्देकी आमा विमानस्थलबाटै फिर्ता 

नेपाली पासपोर्ट बद्नाम बन्दै गएको श्रृंखला फलस्वरुप विभिन्न देशका अध्यागमनले कडाई गरी नेपाली नागरिकको प्रवेशमा रोक लगाउने क्रम तीब्र बनेको छ । कलाकारको भेषमा युरोप, अमेरिका, जापान, हङकङमा प्रवेश गरी भूमिगत हुने क्रम बढेपछि ती देशका सुरक्षा निकाय निर्मम बनेका हुन् । 

सांस्कृतिक कार्यक्रमका लागि जापान पुगेका चर्चित हास्यकलाकार उमेश राई (फुलन्देकी आमा) जापानको नारिता विमानस्थलबाटै फर्काइएपछि यो विषयले चर्चा पाएको हो । उनीसंगै लोकगायिका सविना गुरुङ पनि थिइन् । अघिल्लो वर्ष नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेललाई समेत जापानको नारिता विमानस्थलबाटै नेपाल फर्काइएको थियो ।  

पछिल्लो समय  आफ्नो प्रस्तुति दिन विदेश गएका नेपाली कलाकारहरुलाई एक पछि अर्को किसिमका अवरोध पुर्याउन थालिएको बताइन्छ । यसैक्रममा केही महिनाअघि मलेसिया पुगेका गायिका श्रेया राई र सुनिता थेगिमलगायतका कलाकारलाई प्रहरीले पक्रेर कस्टडीमा राखेको थियो । 

तमु धिं जापानको रजत महोत्सवको अवसर पारेर आयोजना गरिएको रोधी साँझ कार्यक्रमको लागि यी कलाकारलाई निम्त्याइएको थियो । उनीहरुलाई नेपालस्थित जापानी दूतावासले प्रवेशाज्ञा ९ भिसा दिएको थियो । तर जापानको विमानस्थलबाट बाहिरिने क्रममा भएको चेकजाँचमा प्राविधिक त्रुटी भएको भन्दै उनीहरुलाई फिर्ता पठाइएको तमु धिं जापानले एक विज्ञप्ति प्रकाशित गरी जानकारी दिएको छ ।

यी दुई कलाकार नभए पनि कार्यक्रम भने तोकिएकै मितिमा हुने आयोजकले जनाएको छ । 
 

नेपाली पासपोर्ट फुलेन्देकी आमा

विशेष