कुरा: खस्रा मिठा

जम्मु काश्मिरको विशेष दर्जा खारेज, अब के हुन्छ ? विश्लेषण (भिडियोसहित) 

जम्मु काश्मिरको विशेष दर्जा खारेज, अब के हुन्छ ? विश्लेषण (भिडियोसहित) 


काठमाडौँ । सोमबार भारतको राज्यसभामा हंगामा मच्चियो । विपक्षी कंग्रेस लगायतका दलले नाराबाजीमा उत्रिरहँदा भाजपा नेतृत्वको वर्तमान गठबन्धनका सांसद्हरु सरकारले गरेको समर्थनमा बोले ।

हुन पनि भारत सरकारले जम्मु–काश्मिरका लागि संविधानमा गरिएको विशेष दर्जा खारेज गर्यो । 
भारतीय राष्ट्रपति रामनाथ कोविन्दको आदेशबाट संविधानको धारा ३७० खारेज गरिएको हो ।


मुस्लिम बाहुल्यता रहेको जम्मु काश्मिरलाई विशेष स्वायत्तता दिने संविधानको धारा ३७० खारेज गर्ने आदेशमा भारतीय राष्ट्रपतिले हस्ताक्षर गर्नु भएको गृहमन्त्री अमित शाहले राज्यसभालाई जानकारी दिएका छन् ।

अबका दिनमा जम्मु–काश्मिर छुट्टै राज्य नभई केन्द्र शासित प्रदेश हुने र यहाँका नागरिकले अबका दिनमा दोहोरो नागरिकता राख्न पाउने छैनन् । भारत सरकारको यस निर्णय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको एक ऐतिहासिक कदम भनिएको छ ।

यसै सन्दर्भमा आज हामीले लेखक एवं विश्लेषक अरुण कुमार सुबेदीसँग कुराकानी गरेका छौँ । त्यहाँको अवस्था, नेपालमाथि पार्ने प्रभावसहित क्षेत्रीय राजनीतिबारे विश्लेषण गरेका छौँ । हेर्नुहोस भिडियो 

 

विशेष