भिडियो कुरा: खस्रा मिठा कभर स्टोरी

अमेरीका-इरान आक्रमणका भित्री पाटो (भिडियोसहित)

अमेरीका-इरान आक्रमणका भित्री पाटो (भिडियोसहित)

काठमाडौँ । एक लेजिटिमेट शासनसत्ताको सैन्य प्रमुखलाई अर्को राष्ट्रको भ्रमणमा पुगेका बेला हत्या गरियो । इरान कस्तो स्थितिमा पुगेको छ भने ऊ रिट्यालीटरी एक्शनमा गएन भने जनआक्रोश चुलिँदो छ । एक्शनमा जानु ठूलो रिक्स हो ।

अमेरीकाले पनि केही न केही गर्छ भन्ने त देखिएकै हो । लेखक एवं विश्लेषक अरुण सुबेदी भन्छन् –‘अन्तर्राष्ट्रिय स्तरमा युद्ध घोषणा नगरिकन अर्को राष्ट्रमा गएको बेला इरानको विशेष सैन्य दस्ता कुड्स फोर्सका प्रमुख मेजर जनरल काशिम सुलेमानी मारिए । यो असासिनेशन (नरसंहार) नै भनिएको छ । यो वास्तवमा अमेरीकाकै लागि शोभनीय होइन ।’ 

युद्धको बिजारोपण

इरान अमेरीका सम्बन्ध ७० को दशकदेखि बिग्रेको थियो । जब इस्लामिक विद्रोह भयो । इरानका राजालाई अपदस्थ गरेर ५२ जना अमेरीकनहरुलाई राजदूतावास नै सिज गरेर बन्धक बनाईयो । त्यहाँदेखि दुश्मनी सुरु गरेको थियो ।

ती बन्धक छुटाउन तत्कालीन राष्ट्रपति जिम्मी कार्टरले जुन अपरेशन गरे त्यो अपरेशनपनि सफल हुन सकेन । त्यसै बेलादेखि सुरु भएको दुश्मनी कुनै न कुनै रुपमा केही न केही रुपमा प्रकट हुँदै आएको छ । पछिल्लो पटक इरानबाट काउन्टर प्रोभोकेशन कसरी भयो भने शुन्य शुन्य इस्लामिक आतंकवादबाट विश्वले जुन समस्या झेलिरहेको छ ।

हिज मुल्लाह लगायतका आतंकवादी संगठन निर्माणपछि इरानले दरिलो समर्थन दियो । पछि तेलपछि ग्याँस लगायतका रिसोर्समा पनि अमेरीकी दबदबा देखिन थाल्यो ।

सुबेदी भन्छन् –‘अमेरीकाको चर्चित कुरा के भने –‘माइन इज माइन योर्स इज अल्सो माइन । अर्थात मेरो मेरै हो । तिम्रो पनि मेरै हो ।’ साउदी अरेबियाको आरामकोमाथि आक्रमण गरेर तहस नहस बनाईयो । बग्दादस्थित राजदूताबासमा पनि आक्रमण भयो । जति पनि कोभर्ट अपरेशन भएका छन् ती सबैमा काशिम सुलेमानीको हात छ भन्ने भएपछि अमेरीकनले बदला लिएका हुन् । 

त्यसो भए अब परिणाम के देखिएला त ? सुबेदीका अनुसार अन्तर्राष्ट्रिय स्तरमा आर्थिक र सामरिक तनाव त उच्चतम विन्दुमा पुगिसकेको छ । कतिपयले वल्ड वार थर्ड पनि देखिन थालेको भनेका छन । तनाव उच्च विन्दुमा छ । सुबेदीसँगको विस्तृत कुराकानी भिडियोमा हेर्नुहोस :

 

विशेष